३ असोज
अमेरिकाको डेन्भरमा शनिवार दुईवटा साना विमान आकाशमा जुध्दा तीनजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।के कारणले दुर्घटना भएको पत्ता लागेको छैन ।
चारवटा सीट भएको सेस्ना १७२ र दुईवटा सीट भएको सोनेक्स जेनोस विमान जुधेका हुन् ।स्थानीय बासिन्दाहरू दुर्घटनाको आवाज सुनेर घरबाट बाहिर निस्केका थिए । बादल नलागेको दिनमा पनि दुई विमान यसरी जुधेको देख्दा उनीहरू छक्क परेका थिए ।
एजेन्सी




