• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

सहयोगका भरमा चलेका छन् तनहुँका वृद्धाश्रम


  •   शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
  • डुम्रे, ८ असोज ।

    Advertisement

    बेवारिसे तथा आफन्त नभएका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम आश्रयस्थल बनेको छ । वृद्धाश्रम सञ्चालन गर्न भने समस्या छ । तनहुँमा देवघाटधाम वृद्धाश्रमबाहेक अन्य दुई वटा वृद्धाश्रम छन् ।

    जिल्लामा सञ्चालित आश्रम व्यक्तिगत सहयोगका भरमा चलेका छन् । तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रम र व्यास–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रम सञ्चालित छन् ।

    यी आश्रमले श्रीमदभागवत महायज्ञ लगाएर भवन निर्माण गरी ज्येष्ठ नागरिकका लागि आश्रयस्थल निर्माण गरिएको हो । ज्येष्ठ नागरिकलाई आवासको व्यवस्था भए पनि आश्रमको दैनिक सञ्चालनमा भने समस्या रहेको आश्रम सञ्चालक समिति बताउँछन् । यी दुवै आश्रम व्यक्तिगत सहयोगका भरमा सञ्चालन भइरहेका छन् ।

    केहीले जन्मदिन, बाबुआमाको सम्झना लगायतका अवसरमा आश्रममा गरिएको सहयोगले आश्रम सञ्चालन भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रमका सचिव निर्मला मल्लले बताउनुभयो । महिलाद्वारा सञ्चालित आश्रमका लागि गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङमार्फत प्राप्त बजेटबाट भवन निर्माण गरिएको बताउनुभयो ।

    विसं २०७० बाट सञ्चालनमा आएको वेदव्यास आश्रममा हाल छ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेको उहाँले बताउनुभयो । “आश्रमको भवन बनाइको छ । तर अझै ज्येष्ठ नागरिकका लागि आवश्यक सेवासुविधायुक्त बनाउन सकेका छैनौँ”, उहाँ भन्नुभयो, “सहयोगदाताको सहयोग पाएमा अझै सहज बनाउने लक्ष्य लिएका छौँ ।”

    घरवारविहीन भएका ज्येष्ठ नागरिकका लागि आश्रयस्थल बनाउनुपर्छ भन्ने उद्देश्यले राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक अध्यक्ष गुरुदेव भागवत भाष्कर श्री कमलनयन गौतमको परिकल्पमा परोपकार आश्रम निर्माण गरिएको महासङ्घ नेपालका जिल्ला अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विसं २०६८ मङ्सिर १० गतेदेखि परोपकार ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रम सञ्चालनमा आएको हो । विसं २०७१ कात्तिक ११ देखि १८ गतेसम्म श्रीमद् भागवत महायज्ञ लगाएर आश्रम भवन निर्माणको खर्च व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आश्रममा कामदार दुई जनासहित १० जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् ।

    यस आश्रमको भवन विस्तार तथा व्यवस्थापनका लागि विसं २०७६ असार २८ गते व्यास नगरपालिकाबाट रु पाँच लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत आव २०७५÷७६ मा रु दुई लाख ५० हजार सहयोग प्राप्त भएको जानकारी दिनुभयो । त्यस्तै तनहुँ जलविद्युत् परियोजनामार्फत आव २०७७÷७८ मा रु सात लाख र पूर्वाधार कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशबाट रु १० लाख सहयोग प्राप्त भएको छ ।

    घरमा एक्लै भएको महसुस भएर आश्रममा आश्रय लिन आइपुगेका व्यास नगरपालिका–११ तनहुँसुर धरमपानीकी विमला भट्टराई भन्नुहुन्छ, “यहाँ सबै उस्तैउस्तै छौँ गफ मिल्छ । भजन गाउँछौँ, नाच्छौँ । यहाँ बस्दा खुसी लाग्छ ।” आफ्ना दुई छोरीले आश्रममा नबस्न आग्रह गर्दा पनि यही रमाइलो लागेर आएको उहाँ बताउनुहुन्छ ।

    वैदेशिक रोजगारमा पुगेका युवाबाट समेत यहाँका आश्रमलाई सहयोग प्राप्त हुने गरेको छ । वृद्धावस्थामा आश्रयस्थल बनेको वृद्धाश्रममा हुने यस्ता समस्या समाधान गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको हातेमालोको आवश्यकता रहेको छ । रासस

    शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.