काठमाडौं, १७ असोज ।
बडादशैंको अवसरमा भिडियो सन्देश जारी गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै रहेको भन्दै व्यवस्थामाथि अहिले पनि संकट मडारिरहेको बताएका छन् ।
देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गर्दै उनले भनेका छन्,‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ । पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो ।’
मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको उनको भनाइ छ । उनले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावमा जाने बताएका छन् ।




