काठमाडौं । आगामी मंसीर ४ गते हुने संघीय निर्वाचनको लागि रामचन्द्र पौडेललाई गठबन्धनको निर्वाचन परिचालन समितिको नेतृत्वको जिम्मा दिईएको छ ।
आज बसेको सत्ता गठबन्धनको बैठकले वरिष्ठ कांँग्रेस नेता पौडेललाई जिम्मा दिएको हो ।
प्रदेश र जिल्लास्तरमा पनि सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने समेत निर्णय गरिएको छ ।
भेलामा गठबन्धनमा रहेका दलका केन्द्रीय समिति सदस्य, प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३÷३ जना सहभागी गराउने सत्तारुढ गठबन्धनले निर्णय गरेको बताईएको छ ।




