• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

तथ्यपरक भएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्न आयोगको आग्रह


  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
  • चितवन । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समाचार सङ्कलन तथा सम्प्रेषण तथ्यपरक हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय समाचार समितिको सहकार्यमा निर्वाचन आयोगले आज चितवनको भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै आयोगका सचिव गोकर्णमणि दुवाडीले लोकतन्त्रमा सञ्चारकर्मी एवं सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गर्नुभयो ।

    Advertisement

    निर्वाचनसँग सम्बन्धित सूचना सम्प्रेषणलाई सहज बनाउन आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले यसका लागि आयोगले विशेष व्यवस्था गरेको बताउनुभयो । आचारसंहिता पालना गर्ने/गराउने काममा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै सचिव दुवाडीले भन्नुभयो, “सञ्चारमाध्यम र सञ्चारकर्मी पनि आचारसंहिता अनुगमनकर्ता हो ।”

    आयोगले लागू गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन भएको देखेमा आयोगमा सूचना दिन सचिव दुवाडीले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले आयोग मिडियासँग सहकार्य गरेर नै अघि बढिरहेको बताउनुभयो ।

    निर्वाचनका बेला सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न आयोगले संयन्त्र निर्माण गरेको बताउँदै सचिव दुवाडीले फेसबुकको मातृ कम्पनी मेटासँगै अन्य टेक कम्पनीसँग सहकार्य भइरहेको बताउनुभयो । सचिव दुवाडी सञ्चारमाध्यम र सञ्चारकर्मीलाई संयमित, विश्वसनीय र तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

    निर्वाचनसम्बन्धी रिपोर्टिङ गर्दा आधिकारिक सूचना लिने र त्यसलाई तथ्य जाँच गर्न भुल्न नहुने भन्दै उहाँले आयोगको नीति, विद्यमान कानून र जारी गरिएका निर्देशिकालगायत आयोगको प्रवक्ता, सहायक प्रवक्ता, प्रेस विज्ञप्ति, इ–बुलेटिनलाई निरन्तर पछ्याउन गर्न आग्रह गर्नुभयो । सचिव दुवाडीले निर्ममताका साथ आचारसंहिता पालना गर्न र कार्यान्वयन गराउन मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले स्थानीय तहको निर्वाचनमा भएको अनुभवलाई कार्यान्वयन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप व्यवस्थित गर्दै लैजाने बताउनुभयो । सञ्चार जगत लोकतान्त्रिक अभ्यासको एउटा अभिन्न अङ्ग भएको भन्दै यसले निर्वाचनलाई निष्पक्षरुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । निर्वाचनका क्रममा उत्पन्न हुने जटिलतालाई आपसी समन्वयमा समाधान गर्दै अघि बढिने उहाँको भनाइ छ ।

    कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सञ्चारकर्मी विवेकशील सिपाइ रहेको भन्दै निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीको जत्तिकै भूमिका रहेको बताउनुभयो । उहाँले प्राविधिक कारणले हुने र जानअञ्जानमा हुने कमजोरीलाई शिक्षाकारुपमा लिँदै सुधार गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । रासस

    कार्यक्रममा पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले निर्वाचनका क्रममा पत्रकारलाई निर्धक्क भएर रिपोर्टिङ गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको थियो । उहाँले यसअघिका निर्वाचनमा विभिन्न कारणले पत्रकारले सास्ती खेप्नुपरेको भन्दै नागरिकले सही सूचना प्राप्त गर्ने अधिकारको सुनिश्चिता गर्न माग गर्नुभयो ।

    अभिमुखीकरण कार्यक्रममा निर्वाचन अयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आयोगले गरेका काम, तयारी र निर्वाचन आचारसंहिताका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई प्राथमिकता नदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

    आयोगको सूचना सम्प्रेषण संयन्त्रको प्रयोग गरी निर्वाचनमा तथ्यपरक रिपोटिङ गर्न भट्टराईले अनुरोध गर्नुभयो । उहाँले पहिलोपटक केबुल टेलिभिजन नेटवर्क तथा इन्टरनेट सेवा प्रदायकलाई समेत आचारसंहिता कार्यान्वयनमा जिम्मेवार बनाइएको बताउनुभयो । उहाँले आचारसंहिता पालना भए नभएको अनुगमन भइरहेको पालना नभए हदैसम्मको कारबाहीका लागि आयोग तयार रहेको बताउनुभयो ।

    यस्तै राष्ट्रिय समाचार समिति (रासस)का नायब महाप्रबन्धक श्यामप्रसाद रिमालले निर्वाचनमा ‘मिडिया र पत्रकारका’ भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो । निर्वाचन आफ्नो शासनका आफैँ छान्ने विधि भएको भन्दै स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । निर्वाचनमा दल वा उम्मेदवारको छनोटका बारेमा आम जनतालाई सजग बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ । उहाँले भन्नुभयो, “स्वच्छ रिपोर्टिङलाई सुनिश्चित गर्न सञ्चारमाध्यम निष्पक्ष हुनुपर्छ ।” निर्वाचनका बेला समाचारको पक्षपातरहित प्रस्तुति हुनुपर्ने भन्दै पूर्वाग्रही र मतदातालाई भ्रम पर्ने खालका सामग्री प्रकाशन गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

    रिमालले विनास्रोतका समाचार प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गर्दै मतदाताको मत दिने अधिकार र उम्मेदवारको मत माग्ने अधिकारका विषयमा सचेत बन्नुपर्ने बताउनुभयो । जनबोलीलाई समाचारको भाषा बनाउनुपर्ने भन्दै उहाँले सबैले बुझ्ने खालको सरल भाषाशैली अपनाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । सो अवसरमा विदेशमा अपनाइएको निर्वाचनको अभ्यास र नेपालमा भइरहेको प्रयोगका विषयमा समेत रिमालले जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारको उपस्थिति थियो ।

    बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.