चितवन, ९ कात्तिक ।
नेपाल सम्वत ११४३ को स्वागतमा बुधबार भरतपुरमा नेवा समाज भरतपुरले मोटरसाइकल¥याली सम्पन्न गरेको छ । राज्यमन्त्री, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले मोटरसाइकल¥यालीको उद्घाटन गरेका हुन् ।
मोटरसाइकल¥यालीका सहभागीलाई सम्बोधन गर्दै श्रेष्ठले नेपाल सम्वत ११४३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक देश भएकोले यहाँ साँस्कृतिक विविधता रहेको बताए ।
राज्यमन्त्री श्रेष्ठले धर्म, सँस्कृति, चाडपर्व र परम्पराको जगेर्ना गर्न युवाहरु अग्रसर हुनुपर्ने बताए । उनले परम्पराले गर्दा नयाँ पुस्ताले पुराना कुरा सिक्ने अवसर पाउने धारणा व्यक्त गरे । नेवारी परम्परा अनुसार हरेक वर्ष गोवद्र्धन पूजाको दिनबाट नेपाल सम्वतको नयाँ वर्ष सुरु हुन्छ ।





