• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

पूर्वप्रधानमन्त्री र शक्तिशाली नेतालाई हराउनेहरु अहिले गुमनाम


  •   सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
  • – अशोक दाहाल –

    Advertisement

    विसं २०६२/६३मा जनआन्दोलनको बलबाट राजतन्त्रको अन्त्य घोषणा गरिएपछि भएको संविधानसभा निर्वाचन परिणाम धेरैका लागि अप्रत्याशित थियो।

    गणतन्त्र र सङ्घीयतालाई नयाँ संविधानबाट स्थापित गर्ने नारा सहित चुनावमा भाग लिएको नेकपा माओवादीले बहुमत नजिक जित हासिल गर्‍यो।

    दश वर्षे सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा भाग लिएको नेकपा माओवादीका कमै परिचित उम्मेदवारहरूले अरू दलका कतिपय पूर्व प्रधानमन्त्रीहरू र प्रभावशाली उम्मेदवारहरूलाई पराजित गरेका थिए।

    हेमराज भण्डारी जसले सूर्यबहादुर थापालाई हराए
    पाँच पटक प्रधानमन्त्री भइसकेका तत्कालीन राप्रपा नेता सूर्यबहादुर थापा विरुद्ध धनकुटामा निर्वाचन लडिरहेका ३० वर्षे युवा हेमराज भण्डारीको नाम पहिलो संविधानसभा निर्वाचन अघि कमैले सुनेका थिए।

    तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार बनेका भण्डारीले प्रभावशाली मानिएका थापालाई विसं २०६४ को निर्वाचनमा पराजित गरेपछि उनको चर्चा एकाएक चुलियो।

    एक पटक पराजित भएपछि थापा फेरि फर्किएर आफ्नो निर्वाचन क्षेत्रमा गएनन् बरु आफ्ना छोरा सुनिलबहादुर थापालाई गृह जिल्लाको उम्मेदवार बनाए।

    भण्डारी यो निर्वाचनमा पनि सूर्यबहादुरका छोरा सुनिलबहादुरसँग प्रतिस्पर्धा गर्दै छन् तर स्वतन्त्र उम्मेदवारको रूपमा। उनी यसअघि आबद्ध रहेको माओवादी केन्द्रले नेपाली कांग्रेसका नेता थापालाई नै समर्थन गरेको छ।

    “निर्वाचन अघि मेरो गणना पनि थिएन। तर चुनावको नतिजा आएपछि म एकाएक चर्चाको शिखरमा पुगेँ, धेरैले मेरोबारे चासो राख्न सुरु गरे,” निर्वाचन अभियानमै रहेका भण्डारीले टेलिफोनमा भने।

    एमाले र माओवादीबीच गठबन्धन भएको अघिल्लो निर्वाचनमा धनकुटा एमालेको भागमा पर्‍यो। यो निर्वाचनमा पनि धनकुटा कांग्रेसको भागमा पर्ने भएपछि पार्टी नै छोड्ने निर्णयमा भण्डारी पुगेको कतिपयको बुझाइ छ।

    “मैले पार्टी छोड्नुमा टिकट मात्रै कारण होइन। मुद्दाबाट विचलित भएर सत्तामा सौदावाजी गर्ने नेतृत्व प्रतिको असन्तुष्टि पनि हो,” उनी भन्छन्।

    माओवादीले पहिलो पटक सहभागिता जनाएको उक्त निर्वाचनमा प्रभावशाली नेतालाई पराजित गर्नेमा भण्डारी एक्ला चाहिँ थिएनन्। उक्त निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल, नेता केपी ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला सहितका प्रभावशाली नेताहरू पनि माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।

    झक्कुप्रसाद सुवेदी जसले माधव नेपाललाई हराए
    पहिलो संविधानसभा निर्वाचनमा रोल्पाका माओवादी नेता झक्कुप्रसाद सुवेदीले काठमाण्डू क्षेत्र नम्बर २ मा एमालेका पार्टी प्रमुख माधव नेपाललाई पराजित गरेका थिए।

    “मैले चुनाव जित्छु भनेर कसैले सोचेको थिएन। जितेपछि सबैले अचम्म मानिरहेका थिए,” डेढ दशकअघिको निर्वाचन परिणाम सम्झँदै सुवेदी भन्छन्।

    निर्वाचनको एक हप्ता अघि नै आफूले पार्टी अध्यक्षलाई चुनाव जित्ने आकलनबारे सुनाएको उनको दाबी छ। आफूले निर्वाचन हारेपछि हाल एकीकृत समाजवादीको अध्यक्ष रहेका नेपालले एमाले नेतृत्वबाट राजीनामा दिएका थिए।

    तर उनलाई पछि मनोनीत गरेर संविधानसभा सदस्य बनाइयो र नेपाल लगत्तै प्रधानमन्त्री समेत बने। सुवेदीलाई भने मन्त्री पनि नबनाएको गुनासो त्यसबेला धेरैले माओवादी नेतृत्वलाई गरेका थिए।

    सुवेदीले नेपाललाई हराएको क्षेत्रको ठूलो भाग त्यही हो जहाँ विसं २०५१को उपनिर्वाचनमा एमाले नेतृ विद्या भण्डारीले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकी थिइन्।

    पहिलो पटककै निर्वाचनमा प्रभावशाली नेतालाई पराजित गर्न सफल भण्डारी अन्ततः राष्ट्रपति भएकी छिन्। तर सुवेदी भने आफू चाहिँ अब फेरि चुनाव पनि नउठ्ने मनस्थितिमा रहेको बताउँछन्।

    “मलाई पार्टी कमिटीहरूले पहिलो नम्बरमा राखेर सिफारिस गरेका थिए तर मैले आफैँ चुनाव उठ्न नचाहेको हो। म अहिले काठमाण्डू क्षेत्र नम्बर २ मै माओवादी उम्मेदवारलाई जिताउन खटिइरहेको छु,” उनले भने। माओवादीले यो क्षेत्रबाट पूर्व सभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ।

    पहिलो संविधानसभा असफल भएपछि विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि सुवेदीले उम्मेदवारी दिएनन्। त्यस बेला आफूले चुनाव उठ्न नचाहेको उनले बताए। तर बाम गठबन्धनले बहुमत हासिल गरेको २०७४ को निर्वाचनमा पार्टीले ुजोड गरेपछिु आफू उम्मेदवार बनेको उनको दाबी छ।

    तर आफू त्यसअघि निर्वाचित भएको क्षेत्र आफैँले विसं २०६४ मा पराजित गरेका एमाले नेता माधव नेपाललाई छोड्नुपर्ने भएपछि सुवेदी काठमाण्डू-६ बाट उम्मेदवार बने। क्षेत्र परिवर्तन गरेका सुवेदी कांग्रेस नेता भीमसेन दास प्रधानसँग झिनो मतान्तरले पराजित भएका थिए।

    राजेन्द्र केसी जसले प्रचण्डलाई हराए
    पहिलो संविधानसभा निर्वाचनमा बहुमत नजिक पुगेको माओवादीले एक वर्षमै सरकार छाड्नुपरेको र संविधानसभाबाट संविधान बनाउन आफ्ना मुद्दामा साथ नपाएको भन्दै दोस्रो संविधानसभा निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने नारा सहित अभियान चलाएको थियो।

    त्यसअघि आफूले निर्वाचन जितेको काठमाण्डू क्षेत्र नम्बर १० र सिराहाबाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाण्डूमा कांग्रेसका स्थानीय नेता राजेन्द्र केसीसँग पराजित भए।

    “त्यस बेला मलाई पार्टी सभापति सुशील कोइरालाले फोन गरेर बधाई दिनुभयो। पार्टी बाहिरबाट पनि धेरैले मेरो जितलाई स्वागत गरे,” विसं २०७० को निर्वाचनमा प्रचण्डलाई पराजित गरेपछिको क्षण स्मरण गर्दै केसी भन्छन्। काठमाण्डूबाट पराजित भएपछि प्रचण्ड फेरि काठमाण्डू फर्किएनन्। केसीले भने उक्त क्षेत्रबाट त्यसपछि पनि निरन्तर जित हासिल गरिरहेका छन्।

    “प्रचण्डलाई हराएको मान्छे मन्त्री बनाउनुपर्छ भन्ने कुरा पार्टीमा समेत साथीहरूले राखे। म पछि खेलकुद मन्त्री पनि भएँ,” उनले भने। तर २०७०मा प्रचण्डसँग प्रतिस्पर्धा गरेको समय जस्तो आफ्नो चुनावी चर्चा त्यसपछिका निर्वाचनमा नभएको उनको भनाइ छ।

    “त्यस बेला यो क्षेत्रको चुनावबारे अरूलाई बढी रौनक थियो मलाई चाहिँ निर्वाचन सधैँ उस्तै नै हो,” केसी भन्छन्। देशका अधिकांश स्थानमा केसी आबद्ध कांग्रेस र माओवादीबीच गठबन्धन भए पनि यो क्षेत्रमा भने माओवादीले छुट्टै उम्मेदवार उठाएको छ।

    शम्भुलाल श्रेष्ठ जसले झलनाथ खनाललाई हराए
    पहिलो संविधानसभा निर्वाचनमा अप्रत्याशित परिणाम भोगेका धेरै नेताहरूले २०७०को निर्वाचनमा दुई स्थानबाट उम्मेदवारी दिएका थिए।

    इलाम १ र सर्लाही १ बाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल सर्लाहीमा माओवादीका शम्भुलाल श्रेष्ठसँग पराजित भए।

    माधव नेपालले राजीनामा दिएपछि एमालेको अध्यक्ष बनेका झलनाथ खनाल इलामबाट भने निर्वाचित भएका थिए।

    खनाललाई पराजित गरेर कुनै समय चर्चाको चुलीमा पुगेका श्रेष्ठ यो पटकको निर्वाचनमा भने चुपचाप घरैमा बसेका छन्।

    “म टिकट पाउनेमा ढुक्क भएर बसेको थिएँ तर यो क्षेत्र तालमेल गर्दा लोसपाको भागमा पर्‍यो। मलाई पार्टीले प्रचार प्रसारमा खटाइसकेको पनि छैन अहिले घरै बसिरहेको छु,” श्रेष्ठले केही दिनअघि बीबीसी न्यूज नेपालीसँग भने।

    कांग्रेसबाट माओवादी प्रवेश गरेर दोस्रो संविधानसभामा निर्वाचित भएका श्रेष्ठ २०७४ को निर्वाचनअघि मन्त्री समेत भए। फेरि कांग्रेसमै फर्किएका श्रेष्ठ २०७४ को निर्वाचनमा बाम गठबन्धनसँग पराजित भएका थिए।

    ओली, सिटौला र खड्कालाई हराउने उम्मेदवार
    पहिलो संविधानसभा निर्वाचनमा एमालेका वर्तमान अध्यक्ष केपी ओली पनि माओवादीका विश्वदिप लिङ्देनसँग पराजित भएका थिए। तर ओली उक्त समय एमालेको नेतृत्वमा केही नेताहरू पछि मात्रै थिए।

    ओलीलाई पराजित गरेका लिङ्देन त्यसपछिका कुनै निर्वाचनबाट सांसद बन्न सकेनन्। अहिले कांग्रेसमा आबद्ध लिङ्देन ओलीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने दाबेदार भए पनि कांग्रेसले उक्त क्षेत्रबाट खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ।

    संविधानसभाको त्यो निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला माओवादीकी धर्मशिला चापागाईँसँग झापाबाट पराजित भएका थिए। त्यसपछि अघिल्लो संसद्मा समानुपातिकबाट सांसद बनेकी धर्मशिला यो पटक उम्मेदवार छैनन्।

    कांग्रेसकै अर्का प्रभावशाली नेता खुमबहादुर खड्कालाई पनि विसं २०६४को पहिलो संविधानसभामा माओवादीका इन्द्रजीत थारुले दाङबाट पराजित गरेका थिए। थारु अहिले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री छन् र प्रदेशसभा निर्वाचनमा दाङबाट उम्मेदवार छन्।
    (बीबीसी न्यूज नेपालीबाट)

    सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.