झापा २४ कात्तिक
झापाको बुद्धशान्ति-३ स्थित बुधबारे बजारमा करुवाले हानेर श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्।
बुधबारे बजारमा विगत ८ वर्षदेखि डेरामा बस्दै आएका भारतीय नागरिक वर्ष ३२ का रघुनाथ गोठ्ठाले गएराति २६ वर्षीया श्रीमती सपना गोठ्ठाको पानी खाने करूवाले हानेर हत्या गरेका हुन्।
सामान्य विवाद चल्दा चल्दै उनले करुवाले हान्दा सपनाको टाउकोमा लागेकाले उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।
श्रीमतीको हत्या गर्ने रघुनाथलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।




