तनहुंँ । आसन्न मंसीर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचन कोणसभा , घरदैलो गर्दै मत माग्ने क्रम देशभरी छ ।
यसै शिलशिलामा बिहीबार तनहुंँ भानु नगरपालिका वडा नम्बर १२ मा भने फरक दृश्य देखियो । त्यहांँको माओल र वातावरण उत्साहजनक थियो । तनहुंँ क्षेत्र नम्बर १ बाट गठबन्धनको साझा उम्मेद्वारको रुपमा निर्वाचनमा होमिएका नेपाली कांग्रेस वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य पौडेलको पक्षमा बढ्दो जनलहर देखिएको थियो । घरदैलो अन्तर्गत भानु नगरपालिका वडा नम्बर १२, अर्चलेमा उम्मेदवार पौडेललाई स्थानीयले १२ किलोको पुष्प मालाले भव्य स्वागत तथा सम्मान गरेका थिए ।
भानु वडा नम्बर १२ मा मात्रै कम्तिमा पनि एक हजार दुईसय मतको अन्तरले गठबन्धनका उम्मेदवार हरुलाई विजयी गराउने संकल्प पनि स्थानीयले गरे । सो क्रममा प्रतिक्रिया दिदै स्थानीय सुबोध अधिकारीले पौडेलको पक्षमा जनलहर बढ्दै गएको बताए । ‘वडा नम्बर १२ मा उहांँले गर्नुभएको घरदैलोले हामीलाई उत्साह र उर्जा थपिएको छ । हामी अत्यन्तै खुशी छौं । उहांँको जित नजिक भएको आभास भएको छ ।’ अधिकारीले भने ।
अर्का स्थानीय राम बहादुर गुरुङ्ग पनि पौडेललाई घरदैलोमा सघाउन र मत माग्न सक्रिय रहंँदै आएको बताए । ‘अर्चले उहांँलाई गरिएको यो स्वागत र सम्मानले स्थानीयमा पुनः आशा जगाएको महसुस गरेका छु, गुरुङ्गले भने, यसले यो क्षेत्र र सिंगो तनहुंँमा सकारामत्मक सन्देश पनि गएको छ ।’
सो अवसरमा पौडेललाई वडावासीले प्रतिस्पर्धीलाई एहजार दुईसय मतान्तरले जिताउने प्रतिबद्धता सहित १२ बूँदे विकास योजना मागपत्र पनि पेश गरेका थिए ।






