भाेजपुर ३० कात्तिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रमस्थल नजिकै बुधबार बम बिस्फोट भएको छ।भोजपुरको तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक जना व्यक्तिले बोकेको बम बिस्फोट भएको हो।
विष्फोटमा परि भाेजपुरकाे अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते हुनुभएकाे प्रहरीले जनाएकाे छ । उहाँकाे खुट्टामा चाेट लागेकाे र बम उहाँले नै बाेकेकाे शङ्का गरिएकाे छ । उहाँ विप्लव कार्यकर्ता भन्ने बुझिएकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
घाइते श्रेष्ठकाे स्थानीय किल्निकमा उपचार भइरहेकाे छ ।




