• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

प्रचण्डको मार्गचित्रः बूढीगण्डकीदेखि सुख्खा बन्दरगाह निर्माणसम्म


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • गोरखा १ मङ्सिर

    Advertisement

    गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिनुभएको छ । उम्मेदवारी दर्तापछि पटक–पटक गरेर सात दिनसम्म निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्नुभएका उहाँले धुलाम्मे सडकलाई कालोपत्र गर्ने मौखिक प्रतिबद्धतादेखि गोरखा सम्वृद्धिको मार्गचित्र नाम दिएर ५५ बुदेँ लिखित प्रतिबद्धता जनतासमक्ष पु¥याउनुभएको छ ।

    जिल्लाको मुहार फेर्न सकिने खालका प्रमुख रणनीतिक योजनालाई ‘गेमचेन्जर’ योजनाका रुपमा र अन्य नियमित योजनालाई महत्वपूर्ण योजनाका रुपमा समेटेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा बूढीगण्डकी आयोजना निर्माणदेखि उत्तरी गोरखाको नुब्री क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्नेसम्मका योजना परेका छन् ।

    प्रमुख रणनीतिक योजनामध्ये लामो समयदेखि बन्द भएको पालुङटार विमानस्थल पुनःसञ्चालन गर्ने तथा पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता अध्यक्ष दाहालले व्यक्त गर्नुभएको हो । त्यस्तै बहुउद्देसीय राष्ट्रिय गौरवको एक हजार दुई सय मेघावाट क्षमताको जलासययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयन गर्ने, च्याङ्ली कृषि तथा वन विश्वविद्यालयअन्तर्गतको कृषि क्याम्पस सञ्चालन गर्ने तथा जिल्लाभित्रका सबै विद्यालय तथा क्याम्पसमा प्राविधिक शिक्षा विस्तार र शिक्षा क्षेत्रका समस्या समाधान गरी समग्र शैक्षिक विकासलाई अगाडि बढाउने उल्लेख छ ।
    रणनीतिक योजनामा (रुइला नाका) तिब्बतको सिमाना जोड्ने बेनीघाट–आरुघाट–लार्के सडकखण्ड पनि परेको छ । सो सडकखण्ड निर्माण पूरा गर्ने, जिल्लाभित्र रहेका ठूलाठूला खेतीयोग्य टारमा पम्पिङ, लिफ्टििङ तथा नहरको योजनामार्फत सिञ्चाइलाई व्यवस्थित गरी कृषि उत्पादन वृद्धि गर्ने र जिल्लालाई उत्पादनमा आत्मानिर्भर बनाउने प्रमुख रणनीतिक योजनामा परेको अध्यक्ष प्रचण्डका प्रचार संयोजक माओवादीका केन्द्रीय सदस्य हरिराज अधिकारीले जानकारी दिनुभयो ।

    त्यस्तै लिगलिगकोट, सिरानचोक गोरखा दरबार, मनकामना, बारपाकलगायत ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटन सर्किटको रुपमा विकास गर्ने । गोरखा र उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्ने पनि उक्त रणनीतिक योजनामा उल्लेख गरिएको छ । सार्वजनिक गरिएका ‘गेमचेन्जर’ योजनामा चुमभ्याली र नुब्री भ्यालीलाई हिमाली सहरको रुपमा विकास गर्ने, रुइला नाका नियमित रुपमा सञ्चालन हुने सुनिश्चिततासहित नुब्री क्षेत्रमा अन्तरदेशीय सुख्खा बन्दरगाह स्थापना गरिने तथा गोरखकाली रबर उद्योगलाई नयाँ ढङ्गबाट व्यवस्थित गरी पुनःसञ्चालन गर्न ठोस् पहल गर्ने उल्लेख छ । अध्यक्ष प्रचण्डले प्रमुख रणनीतिक महत्वका १० योजना र अन्य महत्वपूर्ण ४५ योेजनालाई आफ्नो प्रतिबद्धता पत्रमा समेट्नुभएको छ ।

    अन्य महत्वपूर्ण योेजनामा पालुङटार, हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट, जौवारी, रातामाटा, मुच्चोक, सिम्जुङ, ध्याच्चोकलाई वैकल्पिक साहायक मार्गको रुपमा कालोपत्र गरिने, ध्याम्पेसाल–देउराली–ताकु– स्वाँरा– सौरपानी–बारपाक–ध्याचोक–सिरानडाँडा–ओलाङ हुँदै लमजुङ दूधपोखरी सडक निर्माण प्रक्रिया अघि बढाइने उल्लेख छ ।

    त्यस्तै गोरखा सदरमुकामबाट लमजुङ जोड्ने सबैभन्दा छोटो बाटो पन्थडी–कटहरे साइलीटार सडक कालेपत्र, ग्रामीण सडक निर्माण तथा स्तरोन्नति, बारपाक–बाह्रकिलो–लाप्राक हँुदै माछाखोलासम्मको सडक कालोपत्र, मध्यपहाडी लोकमार्गमा पर्ने गोरखाखण्ड कालोपत्रलगायत योजना पनि रणनीतिक योजनामा समेटिएको छ । पालुङटार नगरपालिकामा कृषि पर्यटन, जडीबुटीको सङ्कलन प्रशोधन केन्द्र स्थापना, बहुप्राविधिक शिक्षालय स्थापना, सामुदायिक विद्यालयमा खेलकुद, विद्यार्थीको सांस्कृतिक क्षमताको अभिवृद्धिका लागि घुम्ती शिक्षक नियुक्ति, कलेज तथा विद्यालयको भौतिक पूूर्वाधारको विकास, सामुदायिक स्वयसेवी शिक्षकको व्यवस्था पनि उक्त योजनामा परेको छ ।

    अध्यक्ष दाहालको प्रतिबद्धतामा ज्येष्ठ नागरिक र अशक्तलाई सामुदायिक स्वास्थ्य इकाईमार्फत घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने, सिरानचोक गाउँपालिकामा आयुर्वेद अनुसन्धान, तालिम केन्द्र र अस्पताल स्थापना गर्ने, जिल्लाभित्रका अस्पतालको स्तरोन्नतिमा जोड दिँदै स्वास्थ्य सेवामा जनताको सहज पँहुच पु¥याउने, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गरी समग्र जनताको हित र सेवामा सर्मपित गराउन पहल गरिने, जनयुद्ध र जनआन्दोलनका शहीद परिवार, बेपत्ता परिवार तथा घाइते, अपाङ्गता भएकाको समस्या समाधान गरिने सबै द्धन्द्वपीडितलाई न्याय, सम्मान र परिपुरणका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका काम पूरा गर्न पहल गर्ने प्रतिबद्धता उहाँले गर्नुभएको छ ।

    अध्यक्ष दाहालले सार्वजनिक गर्नुभएकोे प्रतिबद्धता पत्रमा कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती, अलैँची खेती, सुन्तला खेती, घरेलु हस्तकला, घरबास (होमस्टे), साना उद्योग तथा घरेलु उद्योग प्रवद्र्धन गर्दै स्थानीयस्तरमा युवालाई स्वरोजगारी बनाउने योजना छ ।

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.