• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

म्यान्मारले करिब छ हजार कैदीलाई रिहा गर्ने


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • याङ्गुन १ मङ्सिर

    Advertisement

    म्यान्मारको सेनाले बेलायतका पूर्व राजदूत, एक जापानी पत्रकार र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकारसहित करिब छ हजार कैदीलाई रिहा गर्ने बिहीबार जनाएको छ ।

    सेनाप्रति बफादार (जुन्ता) सरकारको निर्णय अनुसार राष्ट्रिय दिवसका अवसरमा रिहाई गरिएका स्वदेशी तथा विदेशी नागरिकलाई तीन वटा बसमा राखि जेलबाट बाहिर पठाइएको एएफपीका म्यानमार सम्वाददाताले बताए ।

    गत वर्ष सेनाले गरेको ‘कू’ र असहमतिमाथिको रक्तपातपूर्ण दमनका कारण दक्षिणपूर्वी एशियाली राष्ट्र म्यानमार अशान्त बनेको छ र यस अवधिमा हजारौँलाई जेल सजाय सुनाइएको छ ।

    बेलायतका पूर्वराजदूत विक्की बोमन, अष्ट्रेलियाका आर्थिक सल्लाहकार सिन टर्नेल र जापानी पत्रकार तोरु कुबोतालाई राष्ट्रिय दिवसका अवसरमा रिहा गरिने एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएका छन् ।

    जुन्ता प्रशासनले तीनै जनालाई सुपुदर्गी गरिने बताएको छ तर यसका लागि मिति भने नतोकिएको बताएको छ ।

    याङ्गुनको इन्सेन जेलबाहिर प्रियजनहरू रिहा हुने आशामा करिब २०० जना मानिस भेला भएका एएफपीका सम्वाददाताले बताएका छन् ।

    प्रतिशोधको डरले आफ्नो नाम बताउन नचाहेकी एउटी महिलाले सेनाविरुद्ध असहमति जनाउन उक्साएको आरोपमा तीन वर्षको जेल सजाय भोगिरहेका आफ्ना पतिलाई पर्खिरहेको बताइन् ।

    “यसअघि उनी युएसडीपी (सैन्य समर्थित राजनीतिक दल) समर्थक थिए । ‘कू’ पछि उनी प्रदर्शनमा सामेल भएका थिए । मलाई उनीप्रति गर्व छ,” उनले भनिन् ।

    जुन्ताका अधिकारीले करिब ७०० महिलाको पहिलेको आँकडालाई पुनरावलोकन गर्दैे लगभग ६०० महिलासहित कूल पाँच हजार ७७४ कैदीहरूलाई रिहा गरिने पुष्टि गरेका छन् ।

    जुन्ताले आममाफीको घोषणा गर्ने आफ्नो वक्तव्यमा असहमतिमाथि सेनाको दमनका क्रममा क्षमादान गरिएकामध्ये कति जना पक्राउ परेका थिए भन्ने बिषयमा केही बताएको छैन ।

    सन् २००२ देखि २००६ सम्म राजदूतको रूपमा काम गरेकी बोमनलाई आफ्नो विदेशी दर्ता प्रमाणपत्रमा उल्लेख गरिएको ठेगानाभन्दा फरक ठेगानामा बसिरहेको तर जानकारी नगराएको भन्दै अगस्टमा उनका पतिसहित हिरासतमा लिइएको थियो ।

    उनीहरूलाई पछि एक वर्षको जेल सजाय सुनाइएको थियो । उनका पति म्यान्मारका चर्चित कलाकार हटेन लिनलाई पनि रिहा गरिने सैनिक अधिकारीले बताएका छन् ।

    बेलायती कुटनीतिक स्रोतका अनुसार बोमनलाई अहिलेसम्म रिहा गरिएको छैन तर उनलाई रिहा गर्ने अपेक्षा गरिएको छ । जुन्टाको बयानमा उनका पतिलाई देश निकाला गर्ने सूचीमा समावेश गरिएको छैन ।

    म्यान्मार र उसको पूर्व औपनिवेशिक शासक बेलायतबीचको सम्बन्धमा सेनाको कब्जापछि तिक्तता आएको छ र यस वर्ष जुन्ताले बेलायतले त्यहाँ आफ्नो मिसनलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेको छ ।

    सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि पक्राउ परेका टर्नेल म्यान्मारकी नागरिक नेतृ आङ सान सुकीका सल्लाहकारका रुपमा कार्यरत थिए ।

    उनी र सुकीलाई गत सेप्टेम्बरमा जुन्ताको अदालतले आधिकारिक गोपनीयता ऐन उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गर्दै तीन–तीन वर्षको जेल सजाय सुनाएको थियो ।

    अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले ट्वीटरमा लेखेकी छन्, “हामी प्रोफेसर सिन टर्नेलसँग सम्बन्धित रिपोर्टको स्वागत गर्दछौं । प्रोफेसर टर्नेल हाम्रो पहिलो प्राथमिकता हो । त्यसैले, हामी यस चरणमा थप टिप्पणी गर्नेछैनौं ।” २६ वर्षीय कुबोतालाई गत जुलाईमा याङ्गुनमा सरकारविरोधी ¥यालीबाट म्यान्मारका दुई नागरिकसहित पक्राउ गरी १० वर्षको जेल सजाय सुनाइएको थियो ।

    म्यान्मारस्थित जापानी दूतावासका एक स्रोतले एएफपीलाई बताएअनुसार कुबोतालाई जुन्ता अधिकारीहरूले आज (बिहीबार) रिहा गर्ने जानकारी गराएको छ । कुबोता ‘आज नैै’ जापान प्रस्थान गर्ने बताइएको छ ।

    अमेरिकी नागरिक नाथन माउङ र ड्यानी फेन्स्टर, पोल्याण्डका रोबर्ट बोसियागा र जापानका युकी किताजुमीपछि म्यानमारमा पक्राउ पर्ने कुबोता पाँचौं विदेशी पत्रकार हुन् ।

    युनेस्कोका अनुसार विद्रोहपछि कम्तीमा १७० जना पत्रकारलाई पक्राउ गरिएको छ भने करिब ७० जना अझै हिरासतमा छन् ।

    – उहाँप्रति निकै गर्व छ –

    सान सान आइले आफू आफ्ना भाइबहिनीको रिहाईको पर्खाइमा रहेको बताइन् । उनले एएफपीसँग भनिन्,“तीमध्ये तीन जनालाई आठ महिनाअघि तीन–तीन वर्ष जेल सजाय सुनाइएको थियो । ”

    “उनीहरूका छोराछोरी घरमा पर्खिरहेका छन् । यदि उनीहरू रिहा भए भने हामी धेरै खुसी हुनेछौं ।” स्वतन्त्र विश्लेषक डेभिड म्याथिसनले एएफपीसँग भने, “प्रोफेसर टर्नेलको रिहाई शासनद्वारा बन्धक बनाइएपछिको उल्लेखनीय समाचार हो र उनका परिवार र साथीहरू खुसी हुनेछन् ।

    यद्यपि, उनले जुन्ताले सुधारको कुनै सङ्केत नदेखाएको र आममाफीले उनीहरूलाई ‘कू’ पछि भएका अत्याचारबाट मुक्त गर्न नसक्ने बताएका छन् ।

    एम्नेस्टीको क्षेत्रीय कार्यालयका प्रवक्ताले भने, “म्यान्मारमा भएको ‘कू’ पछि जेलमा रहेका हजारौं मानिसले केही पनि गलत गरेका छैनन् ।

    सुकीको अपदस्थ सरकारका तीन जना पूर्वमन्त्री र हिरासतमा रहेका अमेरिकी मुलका म्यान्मारका नागरिक क्याउ हटे ओलाई पनि रिहा गरिने जुन्टाका अधिकारीले बताएका छन् ।

    म्यान्मारको एक निगरानी समूहका अनुसार सुकीको सरकारलाई सत्ताच्युत गरेपछि असहमतिमाथि सेनाले गरेको दमनपछि दुई हजार ३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ

    जुन्ताले करिब तीन हजार ९०० सर्वसाधारणको मृत्युका लागि ‘कू’ विरोधी लडाकुलाई जिम्मेवार ठह¥याएको छ ।
    —

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.