• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

कर दिवस साताव्यापी रुपमा मनाइँदै, गतवर्ष थपिए साढे सातलाख करदाता


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • काठमाडौँ १ मङ्सिर
    राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभागले आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर कर दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

    Advertisement

    विभागका महानिर्देशक रितेशकुमार शाक्यले राष्ट्रिय कर दिवसका अवसरमा हरेक करदाता कार्यालयले प्रथम करदातालाई सम्मान गर्ने, उद्योगी व्यवसायीलगायत करदाताका छाता सङ्गठनसँग विभिन्न छलफल तथा अन्तरक्रियालगायत विभिन्न कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

    यसवर्षको कर दिवसको नारा “स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार: दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार रहेको छ ।

    करदाता आफैले स्वेच्छिक रुपमा कर तिर्न अभिप्रेरित गर्ने र कर भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने गरी विभागले काम गरिरहेको महानिर्देशक शाक्यले बताउनुभयो ।

    “कर तिर्ने प्रक्रियालाई प्रविधिमैत्री बनाउने र दर्तादेखि अन्तिमसम्मको काममा करदाता भौतिकरुपमा उपस्थित हुन नपर्ने अवस्था बनाउन काम काम गरिरहेका छौंँ,” उहाँले भन्नुभयो ।

    कर भुक्तानी प्रणाली सुधारका लागि विभागले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा “ट्याक्स एड्मिनिस्ट्रेसन डायग्नोस्टिक एसेस्मेन्ट टुल” (टाडाट) र जर्मन सहयोग नियोगको सहयोगमा विजनेस प्रोसेस इञ्जिनियरिङ (बिपिआर) गरिरहेको छ ।

    “कर प्रणालीको आधुनिकिकरण र सुधारका लागि काम भइरहेको छ । करदाताले पेसा गर्नुपर्ने विवरणको अनुसूची परिवर्तन गरेको छौँ । त्यसले गर्दा करछली कम हुने हाम्रो अनुमान छ”, महानिर्देशक शाक्यले भन्नुभयो ।

    विभागअन्तर्गत ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता कार्यालयसमेत गरी जम्मा ८४ वटा कार्यालय छन् ।

    विभागका अनुसार गत असार मसान्तसम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ४८ लाख १२ हजार सात सय १७ पुगेको छ ।

    विसं २०७८ असार मसान्तसम्ममा यस्तो सङ्ख्या ४० लाख ४९ हजार एक सय नौ थियो । अर्थात् गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै सात लाख ६३ हजार छ सय आठ करदाता थपिएका छन् । अब व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ६२ हजार चार सय १३ पुगेको छ ।

    व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ३० लाख ५० हजार तीन सय चार करदाता छन् । गत आर्थिक वर्षमा व्यावसायिक स्थायी लेखा नम्बर (बी-पान)तर्फ दुई लाख ११ हजार आठ सय ६६ करदाता र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ पाँच लाख ९६ हजार तीन सय ७२ करदाता करको दायरामा ल्याइएको विभागले जनाएको छ ।

    सरकारको गत आर्थिक वर्षमा कूल राजस्व सङ्कलन रु १० खर्ब ६७ अर्ब ९५ करोड रहेको थियो । जसमा आन्तरिक राजस्वको हिस्सा मात्रै ४४ प्रतिशत बराबर रहेको छ ।

    आन्तरिक तर्फ रु पाँच खर्ब ३७ अर्ब ९४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य सरकारको रहेकोमा रु चार खर्ब ८३ अर्ब ४८ करोड असूली भएको थियो । जुन वार्षिक लक्ष्यको ८९ दशमलव ८८ प्रतिशत बराबर हो । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको राजस्व वृद्धिदर १२ दशमलव ५९ प्रतिशतले बढी हो ।
    गत आर्थिक वर्षमा आन्तरिक राजस्वको शीर्षकगत असूलीको प्रतिशत हेर्दा सबैभन्दा बढी आयकरको ४७ दशमलव ४२ प्रतिशत योगदान रहेको छ ।

    त्यस्तै, मूल्यअभिवृद्धि करको योगदान २३ दशमलव ९६ प्रतिशत र अन्तःशुल्कको योगदान २१ दशमलव ३० प्रतिशत रहेको छ ।

    ब्याज करको योगदान पाँच दशमलव ११ प्रतिशत छ भने बहाल करको योगदान शून्य दशमलव ६४ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा करको अंश एक दशमलव ३० प्रतिशत र शिक्षा शुल्क कर शून्य दशमलव २६ प्रतिशत रहेको छ ।

    गत आर्थिक वर्षमा ठूला करदाता कार्यालयबाट ३८ प्रतिशत, मध्यमस्तरीय करदाता कार्यालयबाट छ प्रतिशत तथा आन्तरिक राजस्व कार्यालयबाट ५६ प्रतिशत आन्तरिक राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

    त्यसैगरी, गत आर्थिक वर्षको अनुमानित राष्ट्रिय कूल ग्राहस्थ उत्पादन (उत्पादन मूल्यमा) रु ४८ खर्ब ५१ अर्ब ६२ करोडसँगको तुलनामा कर राजस्वको योगदान २० दशमलव २९ प्रतिशत छ । जसमा मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कको अनुपात क्रमशः छ दशमलव ४८ प्रतिशत, पाँच दशमलव ३६ प्रतिशत, पाँच दशमलव ३६ प्रतिशत र तीन दशमलव ४४ प्रतिशत छ ।

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.