• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

महोत्तरीमा सुरक्षा व्यवस्था सुदृढ


  •   शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित
  • महोत्तरी २ मङ्सिर
    मतदानपूर्वको स्थिर समय सुरु भएपछि उम्मेदवारले निर्वाचन प्रचारप्रसार रोकिएका छन् । दलका प्रतिनिधि र सबै उम्मेदवार आन्तरिक छलफलमा जुटेका देखिँदो छ । अगामी आइतबार सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि बिहीबार मध्यरातदेखि खुला प्रचार अवधि सकिएर स्थिर समय सुरु भएपछि सबैको ध्यान मतदानमा पुगेको छ ।

    Advertisement

    जिल्लाका सबै क्षेत्रमा सुरक्षागस्ती बढेको छ । आम मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने गरी सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्ला प्रशासन कार्यालय र सम्बद्ध सुरक्षा निकायले जानकारी दिएका छन् ।

    “हामीले जिल्लाभरिका सबै मतदानकेन्द्रको पटकपटक अनुगमन गरेर आवश्यक सुरक्षा प्रबन्ध सुदृढ गरेका छौँ”, जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले भन्नुभयो, “आम मतदातासँग ढुक्क भएर मतदान गर्न हाम्रो अपिल छ ।” जिल्लाका कुनै भेग, क्षेत्र वा बस्तीमा अवाञ्छित गतिविधि हुन नपाओस् भन्नेमा स्थानीय प्रशासन र सुरक्षा निकाय सचेत, सजग र सक्रिय रहेको उहाँको भनाइ छ ।

    जिल्लामा सुरक्षा प्रबन्धका लागि करिब पाँच हजार सङ्ख्यामा सुरक्षा जनशक्ति परिचालित गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लामा जम्मा दुई सय ५८ मतदानस्थल र चार सय ९९ मतदानकेन्द्र छन् । सैनिक व्यारेक र कारागारमा गरी दुई अस्थायी मतदानकेन्द्रसहित मतदानकेन्द्रको जम्मा सङ्ख्या पाँच सय एक रहेको छ ।

    सबै ठाउँमा मतदान प्रयोजनका सामग्रीसहित मतदानकर्मी जनशक्ति पुगीसकेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरिका यी मतदानकेन्द्रमा चार हजार पाँच जना कर्मचारी (मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य आवश्यक जनशक्ति) परिचालित गरिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिनुभयो ।

    मतदान केन्द्रको स्वयंसेवी सुरक्षा प्रबन्धका लागि अस्थायी प्रहरी (म्यादी प्रहरी) र अन्य आवश्यक सुरक्षा जनशक्ति प्रत्येक मतदान केन्द्रमा पुगिसकेका प्रजिअ पहाडीको भनाइ छ । निर्वाचन अवधिभरि तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ छन् । त्यसैगरी राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीले सुरक्षा व्यवस्था र थप संवेदनशीलताबारे सुक्ष्म निगरानी गरिरहेको जनाइएको छ ।

    मतदानस्थलको संवेदनशीलतालाई मध्यनजर गर्दै थप सुरक्षा जनशक्ति परिचालित गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । “जिल्लाका मतदानस्थलमध्ये एक सय ४३ वटा अति संवेदनशील, एक सय १४ संवेदनशील र एक सामान्यका रुपमा वर्गीकरण गरिएको छ”, प्रजिअ पहाडीले भन्नुभयो, “कतै अप्रिय घटना नहोस् भन्नेतर्फ पूर्ण सजगता अपनाइएको छ, संवेदनशीलता वर्गीकरण गरिएअनुसार त्यसको समुचित प्रबन्धमा जनशक्ति परिचालित छ ।” जिल्लाको भारतसँग सीमा जोडिएको करिब ३९ किलोमिटर दूरीभित्र नियमित सुरक्षा गस्ती भइरहेको पहाडीले जानकारी दिनुभयो ।

    सीमाक्षेत्रबाट हुने दोहोरो आवतजावत गर्न स्थानीय प्रशासनले बिहीबार मध्यरातदेखि नै पूर्णरुपमा रोक लगाएको छ । सवारी साधनमात्र नभएर सीमाक्षेत्र वारपार गर्न पैदलयात्रीलाई पनि रोक लगाइएको प्रजिअ पहाडीले स्पष्ट पार्नुभयो ।

    सीमाक्षेत्रबाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न दुवै (नेपाल÷भारत)तर्फ सीमासँग जोडिएका बस्तीमा सुरक्षा पोष्ट खडा गरिएका छन् । भारतीय सुरक्षा अधिकारी र प्रशासकसँग नियमित सम्पर्कमा रहिएकोे उहाँको भनाइ छ ।

    मङ्सिर–४ गते बिहान सात बजेदेखि सुरु हुने मतदानको आवश्यक चाँजो र व्यवस्थापन पूरा भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन प्रयोजनको खुला प्रचार अवधि बिहीबार मध्यरातमै सकिएर अब स्थिर समय सुरु भएको हुँदा आचारसंहिताको पूर्ण पालनाका लागि सम्बद्ध सबैपक्षसँग पटकपटक अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र छन् । दुवैतर्फ गरी दुई सय २९ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । ती मध्ये क्षेत्र नं १ मा ५५ जना (प्रतिनिधिसभा र प्रदेशसभासमेत), क्षेत्र नं २ मा ५६ जना, क्षेत्र नं ३ मा ५९ जना र ४ मा पनि ५९ जना हुनुहुन्छ । यी सबै गरी स्वतन्त्र उम्मेदवारको सङ्ख्या एक सय ३६ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    जिल्लामा यसपटक तीन लाख ९७ हजार ३० मतदाता छन् । जसमा पुरुष दुई लाख १५ हजार एक हजार ३१, महिला एक लाख ८१ हजार आठ सय ९८ र अन्य (तेस्रोलिङ्गी) एक जना रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले यसअघि नै जानकारी दिइसकेको छ ।

    शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.