चितवन, ४ मंसिर ।
प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठले आइतबार चितवनबाट मतदान गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ तोरीखेतमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेत क केन्द्रबाट श्रेष्ठले मतदान गरेका हुन् ।
मतपत्र बाकसमा खसाएपछि राज्यमन्त्री श्रेष्ठले आफ्नो मतलाई दुई हात जोडेर टाउको निहुराई नमन गरेका थिए ।





