काठमाडौँ, ५ मंसिर ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिइरहेका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।
हालसम्म प्राप्त मतपरिणामअनुसार सिंहले ७ सय ५४ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् । मिश्रले ६ सय ८० मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । एमालेका किरण पौडेल ४ सय ९६ मतसहित तेस्रो र नेपाल सुशासन पार्टीका रमेश खरेल १ सय २५ मतसहित चौथो स्थानमा छन् ।




