चितवन, ५ मंसिर ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनपछि चितवनको क्षेत्र नम्बर १ मा अहिले मतगणना चलिरहेको छ । प्राप्त पछिल्लो मतगणना परिणामअनुसार चितवन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका विश्व पौडेल सबैभन्दा अगाडि देखिएका छन् ।
५०० मत गन्दा काँग्रेसका पौडेलले २०१ मतका साथ अग्रता हासिल गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १३९ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।




