चितवन, ७ मंसिर ।
चितवन क्षेत्र नम्बर २ मा अहिले मतगणना चलिरहेको छ । प्राप्त पछिल्लो मतगणना परिणामअनुसार चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने सबैभन्दा अगाडि देखिएका छन् ।
प्राप्त पछिल्लो मतगणना परिणामअनुसार लामिछानेले ३८ हजार ५९८ मतका साथ अग्रता हासिल गरेका छन् । उनलाई नेकपा एमालेका कृष्णभक्त पोखरेलले ९ हजार १७३ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा ९ हजार ४२ मतका साथ नेपाली काँग्रेसका उमेश श्रेष्ठ रहेका छन् ।




