चितवन, ७ मंसिर ।
चितवनको क्षेत्र नम्बर १ मा अहिले मतगणना चलिरहेको छ । प्राप्त पछिल्लो मतगणना परिणामअनुसार चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सबैभन्दा अगाडि देखिएका छन् ।
प्राप्त पछिल्लो मतगणना परिणामअनुसार १९ हजार ५३ मतका साथ ढकालले अग्रता हासिल गरेका छन् । उनलाई नेकपा एमालेका सुरेन्द्र पाण्डेले १३ हजार ६६३ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका विश्वनाथ वाग्लेले १३ हजार ५८८ मत पाएका छन् ।




