काठमाडौँ, ७ मंसिर ।
देशभरबाट १६५ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार ३३ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । ४३ ठाउँमा अगाडि रहेको नेपाली काँग्रेसले १४ वटा निर्वाचन क्षेत्रमा जित निकालेको छ । नेकपा एमालेले ३९ ठाउँमा अग्रता कायम गर्दै ५ ठाउँमा जित दर्ता गरेको छ ।
बुधबार दिउँसो ४ः५५ बजेसम्म प्राप्त जानकारीअनुसार नेकपा माओवादी केन्द्रले १४ ठाउँमा मतगणनामा अग्रता कायम गर्दै ३ ठाउँमा जीत दर्ता गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ ठाउँमा अग्रतासहित ४ ठाउँमा जितेको छ । नेकपा एकीकृत समाजवादीले ८ ठाउँमा अग्रता कायम राख्दै १ ठाउँबाट जित दर्ता गराएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ ठाउँमा अग्रता कायम राख्दै १ ठाउँबाट जित दर्ता गराएको छ ।
जनता समाजवादी पार्टीले ३ ठाउँमा अग्रता कायम राख्दै १ ठाउँबाट जित दर्ता गराएको छ । नागरिक उत्थान पार्टीले १ ठाउँमा अग्रता कायम राख्दै १ ठाउँबाट जित दर्ता गराएको छ । लोकतान्त्रिक समाजवादी पार्टी ३ ठाउँमा अगाडि देखिएका छन् । स्वतन्त्रसहित अन्यले ३ ठाउँमा जित निकाल्दै ८ ठाउँमा मतगणनामा अगाडि देखिएका छन् ।
प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै २ लाख ४१ हजार ९९९ मत ल्याएको छ । नेपाली काँग्रेसले २ लाख १९ हजार ४९१ मत ल्याएको छ । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख १२ हजार ६१ मत ल्याउँदा नेकपा माओवादी केन्द्रले १ लाख ४९२ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७ हजार ७६४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले १३ हजार ३०३ मत पाएको छ । जनता समाजवादी पार्टीले १८ हजार ७ सय ५८ र नागरिक उत्थान पार्टीले ११ हजार ३२१ मत पाएका छन् ।




