चितवन, १३ मंसिर ।
भरतपुरस्थित सिजी ल्यान्डमार्कले दशैं, तिहार र छठ पर्वको अवसर पारेर ल्याएको उपभोक्तामुखी प्रवद्र्धन कार्यक्रम मेगा फेस्टिभ अफरको विजेता मंसिर १४ गते बुधबार लक्की ड्रबाट चयन गर्ने भएको छ । सिजी ल्यान्डमार्कले भोलि बुधबार विशेष कार्यक्रम गरी विजेता चयन गर्न लागेको हो ।
‘सहरभित्रको सहर’ नारासहित सञ्चालित सिजी ल्यान्डमार्कले दशैं, तिहार र छठ पर्वको अवसरमा उक्त मलका आउटलेटबाट ५ सय रुपैयाँभन्दा बढीको किनमेल गर्ने ग्राहकलाई निःशुल्क लक्की ड्र कुपन दिएको थियो । तिनै कुपन नम्बरहरु समावेश गरी लक्की ड्रबाट विजेता चयन गर्ने तयारी मलले गरेको छ ।
कुपन प्राप्त गरेका ग्राहकमध्येबाट भाग्यमानीले यामाहाको रे जेड स्कुटर, गोदरेजको वासिङ मेसिन, सिजीको रेफ्रिजरेटर, एलइडी टिभी, सुनको सिक्का, भ्याकेसन प्याकेज लगायत आकर्षक उपहार जित्नेछन् ।
सिजी ल्यान्डमार्कको फेसबुक पेजबाट लक्की ड्रको प्रत्यक्ष प्रसारण हुने र उपहार विजेताले उपहार दाबी गर्न आउँदा कुपन अनिवार्य रुपमा पेश गर्नुपर्ने मलका प्रबन्धक उज्ज्वल केसीले बताए ।




