• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

किवी खेतीप्रति जनप्रतिनिधिको आकर्षण


  •   शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
  • ढोरपाटन, १७ मङ्सिर ।

    Advertisement

    पछिल्लो समय गाउँबाट बसाइँसराइ गरी बजार झर्नेको सङ्ख्या निकै ठूलो छ । सेवा सुविधा खोज्दै स्थानीय सहर बजारतिर झर्न थालेसँगै गाउँ सुनसान बन्दै गएका छन् । गाउँमा भएका युवा पनि विदेश पलायन भइरहेका छन् ।

    बसाइँसराइ र विदेश पलायनले गर्दा गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएका छन् तर, बागलुङका निसीखोला गाउँपालिका–४ का लिलाबहादुर घर्तीले भने वनमारा मासेर व्यावसायिक कृषि गरिराख्नुभएको छ ।

    घर्तीले थापागाउँमा सात वर्ष पहिले सुरु गरेको किवी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । गत स्थानीय तहको निर्वाचनमा निसीखोला–४ का वडासदस्यमा निर्वाचित हुनुभएका घर्ती लामो समय विदेशमा दुःख गरेपछि स्वदेश फर्किएर व्यावसायिक कृषि गर्न थाल्नुभएको हो । कतार र भारतमा एक दशक बिताउनुभएका घर्तीले स्वदेशमै उद्यमी बन्ने योजना बनाएर फर्किएको बताउनुभयो ।

    “विदेशमा सङ्घर्ष धेरै नै गरियो, त्यहाँ गर्ने मेहनत आफ्नै बारीमा, आफ्नै गाउँठाउँमा गरेपछि राम्रो कमाइ गर्न सकिन्छ भन्ने सोचले फर्किए, गाउँ आएर बाँझो जग्गामा फलफूल खेती सुरु गरे, अहिले विस्तारै प्रतिफल दिन थालेको छ”, घर्तीले भन्नुभयो । उहाँले विदेशबाट फर्किएपछि सुरुमा परीक्षणका लागि १० वटा किवीका बिरुवा लगाएको भन्दै परीक्षण सफल भएपछि यसको खेती विस्तार गरेको बताउनुभयो । उहाँले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी खेती विस्तार गर्नुभएको छ । आगामी वर्ष थप ६५ रोपनी क्षेत्रफलमा किवी रोप्ने योजना बनाएको उहाँ बताउनुहुन्छ ।

    “किवी बहुउपयोगी फल हो, नेपालमा यसको माग विस्तारै बढ्दै छ, विदेशमा भने निकै पहिलेदेखि यसको उत्पादन भएको पाइन्छ, सुरुमा मेरो गाउँमा हुन्छ कि हुँदैन भनेर परीक्षणका लागि थोरै बिरुवा लिएर रोपे, राम्रो हुँदै गयो, अब यसको खेती बढाउँदै जाने तयारीमा छु”, उहाँले भन्नुभयो, “काम कहिल्यै पनि सानो ठूलो हुँदैन, गरे जे पनि सम्भव हुँदो रैछ ।”

    घर्तीको बारीमा अहिले किवीका एक सय बोट छन् । ती सबैले फल दिन थालेको उहाँको भनाइ छ । यस वर्ष तीन हजार पाँच किलो किवी बेचेको उहाँले बताउनुभयो । एक किलोको रु तीन सय ५० देखि चारसम्म पार्ने घर्तीले एक सिजनमा मात्रै रु १० लाख बढीको किवी बिक्री गरेको बताउनुभयो । किवी बिक्रीका लागि समस्या नभएको भन्दै यसको मागअनुसारको उत्पादन गर्न नसकेको उहाँको भनाइ छ ।

    जिल्लाको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले पनि पाँच वर्षदेखि किवी खेती गर्दै आउनुभएको छ । अध्यक्ष लामिछानेले परीक्षणकै क्रममा पनि राम्रो उत्पादन भएको बताउनुभयो । उहाँले अहिले आफ्नो बारीमा दुई दर्जन बढी किवीका बोट रहेको भन्दै सबैले उत्पादन दिएको बताउनुभयो ।

    अध्यक्ष लामिछाने भन्नुहुन्छ, “पछिल्लो समय केवी खेती गर्ने कृषक बढ्दै गएका छन्, पहिले यो फलको खेती निकै कमले मात्र गरेको पाइन्थ्यो, मैले पनि ट्रायलका रुपमा लगाएको राम्रो भएको छ, यसको बजार पनि राम्रो छ, अरुको जस्तो समस्या छैन ।”

    उहाँले यस वर्ष पाँच सय किलो किवी बिक्री गरेको बताउनुभयो । थोरै बोटबाट पनि एक सिजनमा रु डेढ लाख आम्दानी भएको अध्यक्ष लामिछानेको भनाइ छ । उहाँले किवी खेतीका लागि अरु फलफूललाई जस्तो झण्झट गर्न नपर्ने बताउनुभयो । एक पटक लगायो भने ५० औँ वर्षसम्म फल दिन सक्ने उहाँको भनाइ छ ।

    “अहिले गाउँ–गाउँमा कृषकले किवी लगाउन थालेका छन्, यसको खेती गर्न धेरै गाह्रो छैन, सुरुमा लगानी गरियो भने वर्षौंसम्म लगानी गर्न पर्दैन, फल दिन थाल्यो भने आम्दानी हुन थाल्छ, कृषकले यसको खेती गर्न थाले भने छोटो समयमै राम्रो आम्दानी गर्न सक्छन्”, उहाँले भन्नुभयो । बडिगाड गाउँपालिकाका पूर्वअध्यक्ष मेयरसिंह पाइजाले २०५८ सालदेखि किवी खेती गर्दै आउनुभएको छ । पाइजा जिल्लामै किवी खेती गर्ने पहिलो किसानमध्येमा पर्नुहुन्छ । उहाँले करिब ४० रोपनी क्षेत्रफलमा किवी खेती गरेको जानकारी दिनुभयो । यस वर्ष पाँच लाखभन्दा बढीको किवी बिक्री गरेको उहाँको भनाइ छ । रासस

    शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.