• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

इतिहास रच्ने नेपाली महिला : डा परियार


  •   आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
  • काठमाडौँ १८ असोज 

    Advertisement

    भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी सामाजिक अभियन्ता डा विष्णुमाया परियारले विश्वमा इतिहास रच्नुभएको छ । सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोट गाउँको दलित परिवारमा जन्मिनुभएकी विष्णुमायाबारे अमेरिकाका चर्चित नागरिक अधिकारकर्र्मी रोजा पार्कसमेत समावेश भएको पाठ्यपुस्तकमा समावेश गरिएको छ ।

    विश्वको इतिहास र भूगोल विषयको १२ नम्बर च्याप्टरमा वृत्तचित्र ‘अनटचेबल’ शीर्षकमा समावेश गरिएको विभिन्न ‘भिडियो स्लाइड सो’का माध्यमबाट पढाई हुन्छ । असमानता र जातीय भेदभाव तथा छुवाछूतबारे रोजालाई उद्धृत गरेर बुझाएपछि उदाहरणका रुपमा विष्णुमाया परियारलाई राखिएको छ । उहाँ भन्नुहुन्छ, “अनटचेबल शिर्षकमा नेपालमा स्थापना गरेको दलित महिला उत्थान सङ्घ (एड्वान) मार्फत भएका कामबारे छलफल गराइन्छ, २० मिनेट मेरो बारेमा पढाइ हुन्छ, अछूत र जातीय प्रणालीलाई संयुक्त राष्ट्र सङ्घको दिगो विकाससँग जोडेर पढाइ हुन्छ ।” सो पाठमा विभेदबारे जानकारी गराउने आठ वटा स्लाइड राखिएको छ । पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा लागू गरिएको विष्णुमायाले जानकारी दिनुभयो ।

    त्यसैगरी ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा ५२ जनाको जीवनी उल्लेख भएकोमा विष्णुमायाको कहानी पनि समावेश गरिएको छ । पुस्तकको ६९२ पृष्ठमध्ये ५९१–५९४ बीचको चार पृष्ठमा विष्णुमायाका बारेमा उल्लेख छ । डा लिसा हफ्नरद्वारा लिखित ‘दि राइटर्स माइन्डसेट’ अमेरिकाको टेक्सास म्यक्लेनन कम्युनिटी कलेजमा १९८९ देखि अध्ययन हुँदै आएको छ । यसभन्दा पहिले पनि नेपाली अछूत भनिएका महिलाका कहानी ११ सयभन्दा बढी विद्यालय, क्याम्पस र विश्वविद्यालयमा पढाइ भएको थियो । एड्वानकी संस्थापक तथा सिटी सहरकी महिला आयोग सदस्य विष्णुमायाले प्यासिफिक आइल्यान्डरकी कमिसनर भएर काम गरिरहनुभएको छ । विष्णुमायाले न्युजर्सी सिटीमा मेयरको सल्लाहकार समितिमा रहेर काम गर्नुभएको थियो ।

    सङ्घर्षपूर्ण बाल्यकाल

    बाबु रुपबहादुर परियार र आमा फनमाया परियारकी ठाहिंली छोरी डा विष्णुमायाको परिवारमा १० दिदीबहिनी र एक छोरा छन् । गरिबी, अभावसँगै समाजमा व्याप्त अछुत हुनुको पिडा । सदियौँदेखि दलित समुदायले भोग्दै आएको छुवाछूतको पिडाले उहाँको बालमस्तिष्कलाई नराम्ररी प्रभावित बनाउथ्यो ।

    जातीय भेदभाव तथा छुवाछूतमात्रै हैन, छोरीलाई पढाउनुपर्छ भन्ने चेतना पनि त्यतिबेला खुलेकै थिएन । बुबा रुपबहादुरको काम भनेको विष्ट(उपल्लो जात भनिएका व्यक्ति)कोमा लुगा सिलाउने थियो भने आमा फनमाया तिनै विष्टका घरमा बाली उठाउन हिड्ने गर्नुहुन्थ्यो । विष्णुमाया भन्नुहुन्छ, “मेरो बाबाले हजारौँ कपडालाई नयाँ स्वरूप दिनुभयो, कति कलका सिगोहरु भाँचिए, आमाले बाली बोक्ने कति डोकाहरु फाटे, तर आफ्नो परिवारमा कहिल्यै काँचुली फेरिएन, शरीरले कहिल्यै चम्किलो कपडा देखेन । बुबा नभएको भए म यो ठाउँमा हुने कल्पनासम्म पनि गर्न सक्थिनँ ।”

    अहिले अमेरिकाको पाइन म्यानर कलेजले मानार्थ डा को उपाधि दिए पनि विष्णुमायाको जीवनको शुरुआती दिनहरू अहिलेकोे जस्ता थिएनन् । स्कूल पढ्दा विष्णुमायाले तिर्खाएका बेला धारामा गएर पानी खान पाउनुहुन्नथ्यो । सरस्वती पूजाको दिन पूजा गर्न मनाही थियो । यो सम्झदा विष्णुमायाका आँखाका डिल रसाउँछन् । विष्टको घरमा खाना खाएपछि आफैँले भाडा माझ्नुपथ्र्यो, खाएको ठाउँमा गोवरले पोत्नुपर्ने र सुनपानीले छर्किनुपर्ने । आफू सानै छँदासोधिएको जिज्ञासामा बाबु रुपबहादुरको जवाफ “यो जातीय विभेद हो छोरी, तिमीहरु यसको विरुद्धमा लड्नुपर्छ” भन्ने भनाइ नै विष्णुमायालाई जीवनको मूल मन्त्र बन्यो । त्यसैले होला विष्णुमायाको कलिलो दिमागमा विद्रोहको भाव आयो–“बरु म यतिकै तिर्खाले मर्छु तर अन्जुलीमा पानी थापेर खान्न ।”

    बुबाले पढ्न पठाउने मन गरेपनि पढ्नका लागि चाहिने वातावरण घरमा थिएन । तरपनि विष्णुमायाले हिम्मत हार्नुभएन । उहाँले कक्षा ७ सम्म स्थानीय श्री सिंजाली माविमा अध्ययन गर्नुभयो । घरमा चरम आर्थिक अभाव थियो । त्यसपछि घरको आर्थिक अवस्था कमजोर भएपनि साढे दुई घन्टाको दूरी हिडेर अर्को गाउँको विद्यालयमा पढ्न जानुहुन्थ्यो विष्णुमाया । उहाँले भन्नुहुन्छ, “ठूलो परिवार थियो, त्यसैमाथि गरिबी, गरिबीका कारण घरमा चामलको भात देख्न पाइँदैनथियो ।” अर्को गाउँको विद्यालय मनकामनाबाट विष्णुमायाले कक्षा १० पास गर्नुभयो । “एसएलसीमा राम्रो गर्नको लागि म घ्याल्चोक भन्ने ठाउँमा पढ्न गएँ, त्यतिबेला एकजना क्षेत्रीको गोठमा बसेको थिएँ, मेरा साथीहरु नेवार थरको हुनुहुन्थ्यो, सबैले खाइसकेपछि मात्रै मैले खाना खानुपथ्र्यो । खाना खाएपछि भाँडा माझेर आफू बसेको ठाउँमा गोबरले लिप्नुपथ्यो, सुकेपछि आगो र सुनपानी छर्किएर उनीहरू ‘पवित्र’ पार्थे” उहाँले भन्नुहुन्छ ।

    आर्थिक अभावका बीच विष्णुमायाले २०४८ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । एसएलसी दिँदै गर्दा अमेरिकी स्वयंसेवी संस्था पिसकोरका स्वयंसेवक जोन रुकम्यानसँग भेट भयो । विष्णुमायाको प्रतिभा देखेर उच्च शिक्षा आर्जनका लागि जोनबाट सघाउने आश्वासन पाएको दिन विष्णुमायालाई संसार जितेजस्तो भयो । दलित परिवारबाट एसएलसी गर्ने पहिलो छात्रा बनेकी विष्णुमायालाई आफ्ना बाबुसँग ६० रुपैयाँ लिएर काठमाडौँ झर्नुभयो । काठमाडौँमा पनि छुवाछूत उस्तै थियो । दलित भनेपछि कोठा भाडामा पाउनै समस्या । काठमाडौँमा उहाँले अभावसँगै छुवाछुतलाई पनि सामना गर्नुप¥यो ।

    काठमाडौँमा पद्मकन्या क्याम्पसमा अध्ययन गर्नुभयो । पढाइसँगै उहाँले उपेक्षित समुदायका लागि लघुवित्त परियोजनामा तराईका केही जिल्लामा काम सुरु गर्नुभयो । सन् १९९९ मा विष्णुमाया अमेरिका पुग्नुभयो । त्यहाँ उहाँले पाइन म्यानर कलेज बोस्टनबाट ‘सोसियल एण्ड पोलिटिकल सिस्टम’ विषययमा ग्रयाजुयसन गर्नुभयो । सानैदेखि पढाईमा अब्बल विष्णुमाया संसारमै ३० जनाको मात्र कोटा भएको क्लार्क युनिर्भसिटीमा ‘अन्तर्राष्ट्रिय विकास तथा सामाजिक परिवर्तनमा’ छात्रवृत्ति पाउने नेपालको पहिलो महिला हुनुहुन्छ । त्यसैबेला विष्णुमायाले पस्मिनाका सलहरु अमेरिकामा बेचेर नेपालका विपन्न परिवारलाई आर्थिक सहयोग समेत गर्नुभयो । त्यसबाट उहाँले वर्षमा २८ लाखसम्मको व्यापार गरेर नेपालको शिक्षा, महिला सशक्तीकरण र सामाजिक काममा सहयोग गर्नुभयो । अमेरिका गएपछि सबैभन्दा पहिले सामाजिक कामसँगै विष्णुमायाको काम अङ्ग्रेजी सिक्ने भयो । त्यसका लागि उहाँ यिनी नर्थ इस्र्टन युनिभर्सिटीमा भर्ना हुनुभयो ।

    सम्मान तथा पुरस्कार

    डा विष्णुमायालाई सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । जुन सम्मान विश्वका छ व्यक्तिलाई मात्रै प्रदान गरिएको थियो । सन् २००६ मा संयुक्त राष्ट्र सङ्घले पाँच हजार डलरसहित मानव अधिकार पुरस्कार दिएको थियो । त्यो पुरस्कार विश्वका छ जनाले मात्र पाएका थिए । सन् २००७ मा विश्व बैङ्कले विश्वका ११ जना व्यक्तिलाई प्रदान गरेको ११ हजार डलरसहितको पुरस्कार प्राप्त गर्नुभएको थियो । अमेरिकाको क्लार्क विश्वविद्यालयबाट सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर विष्णुमायालाई पाइन म्यानर कलेजले सन २०१३ मा ‘अनररी डक्टरेड’ (वियोन्ड द पिएचडी) ले सम्मान ग¥यो । ‘ग्लोबल युथ लिडरसिप अवार्ड २०१९, ब्रिज बिल्डर अवार्ड र प्रेसिडेन्ट कप अवार्डबाट उहाँलाई सम्मान गरिएको थियो ।

    अमेरिकाको केन्टोकी राज्यमा २७ सेप्टेम्बर, २०१५ मा ‘विष्णुमाया परियार डे’ घोषणा गरेर सेलिब्रेट गरियो । अन्तराष्ट्रिय कलाकार समाज (इनास) अमेरिकाले हालै उहाँसहित ११ नेपाली व्यक्तित्वलाई सम्मानीत गरेको छ । विष्णुमायाले नेपालको इन्द्रावती गाउँपालिका र जर्सी सिटीबीच भगेनी सम्बन्ध स्थापित गर्नुभएको छ । उहाँले अमेरिकाको न्युजर्सी सिटीमा नेपाली झन्डा फहराउनुभएको थियो ।

    समाज सेवामा समर्पित

    आफू दलित भएकै कारण भोग्नु परेका पिडा अरुले भोग्न नपरोस् भनने उद्देश्यले दलित समुदायका महिलाहरुलाई सङ्गठित बनाउँदै उनीहरुको आर्थिक र शैक्षिक विकास गर्न विष्णुमायाले सन् १९९८ मा दलित महिला सङ्घ (एड्वान) स्थापना गर्नुभयो । हाल उहाँ सो संस्थाको संरक्षक रहनु भएको छ ।

    एड्वानले अहिले नौ जिल्लामा एक सय ११ वटा महिलाको समूह निर्माण गरिसकेको अध्यक्ष विन्दु परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले करिब ६० हजारभन्दा बढी महिला संलग्न भएर एड्वानका गतिविधिमार्फत सहयोग लिइरहेका छन्, त्यसबाट उद्यमी बन्नुका साथै नेतृत्व क्षमता विकास गरिरहेका छन् ।” एड्वानले २५ सयभन्दा बढी बालबालिकालाई स्कुल, कलेज र विश्वविद्यालय पढ्न छात्रवृत्ति प्रदान गरेको छ । पछिल्लो समयमा एड्वानले दलित समुदायका महिलालाई ऐन÷कानून र संविधानबारे क्षमता विकासका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

    विष्णुमायाले २०७२ सालको भूकम्पको समयमा चार सय भूकम्प पीडितको घर निर्माणमा सहयोग जुटाउने काम गर्नुभयो । विष्णुमायालाई देश र समुदायको लागि यति धेरै गरेर पुगेको छैन । हाल अमेरिकामै रहनुभएकी उहाँ केही समयअघि नेपाल आउँदा भएको भेटवार्ताको क्रममा उहाँले नेपाललाई अझै चिनाउन बाँकी रहेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “मँ एउटा सपना बोकेर हिड्ने मान्छे हो, म एउटा खुड्किलोमा चड्छु, फेरि अर्को खड्किलो चड्न मन लाग्छ, जे गर्नु छ त्यसमा मात्रै केन्द्रित हुने मेरो स्वभावले नै मलाई सफलता हासिल भएको छ । अरुले के भन्ला भन्नेमा चासो लाग्दैन ।”

    संसारका विश्वविद्यालयमा अध्ययन हुने विष्णुमायाबारे भने नेपाल सरकार बेखबर छ । यसमा भने विष्णुमायालाई दुख लाग्छ । “मैले जे गरेको छु त्यो नेपाल र नेपालीका लागि गरेको छु, मेरो बारेमा विश्वका अरु मानिसले चासो राखेका हुन्छन् र नेपाल सरकारले अहिलेसम्म सम्झेको छैन, खोजेको छैन ।”

    आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.