• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

स्वाभिमानी जीवनका लागि सूर्यको उपाय


  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
  • काठमाडौँ २४ मङ्सिर

    Advertisement

    ज्योतिषमा सूर्यलाई सबैभन्दा महत्वपूर्ण ग्रह मानिन्छ । ग्रहहरुको राजा हो । राज्य हो, सरकार हो र शासक हो । जीव र जगतमा आत्मा प्रदान गर्ने ग्रह हो । त्यसैले हरेक आत्माको कारक ग्रह सूर्य हो । शरीरमा हड्डीको पनि कारक हुन्छ । हाड बिना मानव जीवन कल्पना गर्न सकिँदैन । यसैले शरीरमा हड्डी र त्यसको बनावट सूर्य हो । तापक्रम बिना शरीर निष्कृय हुन्छ । सूर्यले शरीरको ताप नियन्त्रण गर्छ । मानव जीवनमा सूर्यको महत्व ज्योतिष शास्त्रीय हिसाबले मात्र नभई विज्ञान र चिकित्सा शास्त्रका हिसाबले पनि अग्रस्थानमा आउँछ । सबल शरीर, मान सम्मान, आत्मसन्तुष्टि, स्वाभिमान र नेतृत्वका लागि सूर्यको साथ अनिवार्य हुन्छ ।

    पूर्वीय मान्यताअनुसार सूर्यलाई ग्रहमा अग्रस्थान दिइएको छ । वेद तथा पुराणमा यसलाई सबैभन्दा बलशाली ग्रह मानिएको छ । यसको एक चक्रलाई एक वर्षमा रुपान्तरण गरिएको छ भने ज्योतिष शास्त्रका १२ राशी १२ महिनामा समेटिएको छ । पृथ्वीबाट करिब १५ करोड किलोमिटर टाढा रहेको सूर्यले नै यो जगत्को सञ्चालन र नियन्त्रण गरेको छ । मानव जीवनका प्रत्येक घटनाका कारण पनि सूर्य नै हो ।

    सूर्यलाई देवताको राजा भनिएको छ भने यो प्रकृतिको पनि राजा मानिन्छ । यसका बारेमा भविष्य पुराण, मत्स्य पुराण, पद्म पुराण, ब्रह्मा पुराण, मार्कण्डेय पुराण आदिमा विस्तृत वर्णन गरेको पाइन्छ । आदित्य, रवि, दिवाकर, भानु, भाष्कर, सविता, प्रभाकर, अनन्त, दिनकर, आर्क, दिनमानि, सूर्यादि नामले सम्बोधित सूर्य र राशिका आधारमा प्रत्येक महिनाको नामाकरण भएको छ ।

    वेदमा संसारमा जति पनि जीव छन्, तिनीहरुको आत्मा ‘सूर्य आत्मा जगत्ः तस्थुषश्च’ भनिएको छ । जीव र आत्मा नमिलेसम्म जीवात्मा हुँदैन । हरेक जीवनको केन्द्र आत्मा हो भने आत्माको मूल स्रोत सूर्य हो । पञ्चतत्वमा अग्नि तत्वको मूल स्रोत सूर्य नै हो । मानव जीवनमा क्षमता र दक्षतासँगै सफलताको कारक सूर्यको सकारात्मक प्रभाव जरुरी हुन्छ । यसलाई ज्योेतिष शास्त्रले पहिलो प्राथमिकतामा राखेको छ । मानव जीवनमा सूर्यलाई कसरी सकारात्मक बनाउन सकिन्छ भन्ने विषयमा ज्योतिष शास्त्र र वैदिक ग्रन्थहरुमा व्यापक चर्चा गरिएको पाइन्छ । मानव जीवनलाई सफल, सार्थक र समुन्नत बनाउनमा सूर्यको साथ र सहयोग अनिवार्य मानिएको छ ।

    संसारमा जीवन उत्पति र सञ्चालनमा महत्वपूर्ण भूमिका खेलिरहेको यो ग्रहले हरेक क्षण ऊर्जा र प्रकाश प्रदान गरिरहेको हुन्छ । ऊर्जा र प्रकाश नहुने हो भने हाम्रो जीवन कल्पनासम्म गर्न सकिँदैन । त्यसैले वैदिक परम्परामा यसलाई भगवानको रुपमा लिइएको छ । भगवान सूर्य सृष्टिका लागि पिता समान मानिएको छ । पिता र प्रकृति बिना जीवन सम्भव नभएकाले ज्योतिषमा यसलाई पिताको कारण ग्रह मानिएको हो । पिताको कारक ग्रह भएकाले यसलाई क्रुर ग्रहका रुपमा पनि लिइन्छ । किनकि पिता कठोर भइकन पनि सृष्टि र पालनकर्ताको रुपमा चिनिन्छन् । ज्योतिष शास्त्रले सृष्टि र पालककर्तालाई केन्द्रमा राखेर अन्य ग्रहहरुलाई अन्यान्य स्थान सूर्य आत्मा, शरीर, चन्द्र मन, बुध वुद्धि, आदि आदि ।

    चर्चा सूर्य कै गरौँ । हाम्रो वार्षिक पात्रोमा तीन सय ६० दिन हुन्छ । डिग्रीका हिसाबले पनि तीन सय ६० डिग्री हुन्छ । एक दिनमा एक डिग्री यात्रा तय गर्दा सूर्यले एक वर्षमा ब्रम्हाण्डको एक चक्र पूरा गर्छ । यसको एक डिग्रीको यात्रा नै हाम्रो एक दिन मानिएको छ । त्यसैले हरेक दिन र हरेक समय हरेकका लागि फरकफरक असर कारक हुने गर्छ । ज्योतिष शास्त्रमा राशीको र नक्षत्रका आधारमा यसलाई थप व्यवस्थित गरिएको छ । १२ राशी र २७ नक्षत्रको चक्रभित्र ग्रहहरुको अवस्थाका आधारमा भविष्यवाणी र प्रकृतिको अवस्था अवलोकन हुने गर्छ । ग्रहहरुको असर र तिनीहरुले दिने फलको समय वा काल थाहा पाउन सूर्यको अवस्थाको ज्ञान महत्वपूर्ण हुन्छ । खासगरी नक्षत्र, राशी र ग्रहरुको समष्टिगत अध्ययनमा ग्रहहरुको अंश, कला र विकलालाई आधार मानिन्छ । त्यसैका आधार घटना र परिघटनाको अवलोकन हुन्छ ।

    हरेक जीव र जगत्का कुनै पनि वस्तुको ज्योतिषीय गणनाबाट फलकथन सम्भव हुन्छ । यद्यपि, ज्योतिषीले केबल मानवीय जीवनका घटनामा आफूलाई बढी केन्द्रित गरेको पाइन्छ । भविष्यको चिन्ता लिने वा भविष्यप्रति चासो राख्ने मानवीय गुण भएकाले ज्योतिषीहरु पनि त्यसमै मात्र रमाएका हुन सक्छन् तर ज्योतिष केबल मानिसको भविष्य कथनमा मात्र सीमित छैन । यसले समग्र प्रकृतिसँगै स्वयं ग्रहहरुको पनि भविष्य बताउन सक्छ । यी सबै कुराहरुमा समय महत्वपूर्ण पक्ष हो । जुन सूर्यको गति र स्थितिलाई प्रमुख आधार मानिन्छ । यसलाई ज्योतिष शास्त्रले सूर्य सिद्धान्त भनेको छ ।

    सूर्यको आफ्नो राशी सिंह हो । यहाँ सूर्यलाई स्वराशिस्थ भनिन्छ भने मेष राशीमा सूर्य उच्चको हुन्छ र तुला राशीमा नीच हुन्छ । जन्म समयमा सूर्य कहाँस्थित छ त्यसकै आधारमा यसको क्षमता र अवस्था हेरी फल कथन या घटना परिघटनाको आँकलन गरिन्छ । उच्च, स्वगृहि, मित्र र सम राशी र भावमा रहेको सूर्य सकारात्मक फल दिने हुन्छ भने शत्रु राशी, भाव र नीच राशीको सूर्य नकारात्मकताको कारक मानिन्छ । महत्वपूर्ण कुरा के हो भने कुनै पनि ग्रह सधँै नकारात्मक र सधै सकारात्मक भन्ने हुँदैन । यी ग्रहहरुले आफ्नो दशा अन्तरदशा कालमा मात्र फल दिन्छन् । तसर्थ ज्योतिषीय गणनाले मात्र त्यो समय निकाल्न सकिन्छ । यद्यपि, सूर्यको प्रभाव दैनिक जीवनमा पर्ने भएकोे कमजोर सूर्यलाई विभिन्न ज्योतिषीय उपचारमार्फत् सकारात्मक बनाउँदा लाभदायी हुन्छ ।

    सामान्यतया मेष, मिथुन, कर्कट, सिंह, कन्या, वृश्चिक, धनु राशीमा सूर्यलाई सकारात्मक र अन्यमा कमजोर मानिए पनि यो नै अन्तिम निश्कर्ष भने होइन । सूर्यसँग अन्य ग्रहहरुको तालमेल र अन्य ग्रहहरुको अवस्थाको विश्लेषण जरुरी हुन्छ । चन्द्र, मङ्गल र गुरु सूर्यका मित्र मानिन्छन्, शुक्र र शनि शत्रु र बुध न मित्र न शत्रु अर्थात् सम मानिन्छ । मित्र ग्रह वा मित्र ग्रहका राशिमा सूर्य सकारात्मक र शत्रु ग्रह वा ती ग्रहका राशिमा सूर्य नकारात्मक हुने अवस्थासँगै तत्तत् ग्रहहरु कुन अवस्थामा छन् । त्यसले सूर्यको स्वभावमा परिवर्तन ल्याइदिएको हुन्छ । तसर्थ गहन अध्ययनपछि मात्र फल कथन यथार्थ र सार्थक हुन्छ । सूर्य सकारात्मक भएका जातकले जीवनलाई अत्यन्तै उन्नत अवस्थामा जीउन पाउँछन् भने कमजोर भएका बेला जन्म लिने जातकले जीवनमा विभिन्न झमेला व्यहोर्नु पर्ने हुन्छ । आत्मबल कमजोर हुन्छ । शरीर कमजोर हुन्छ । पटकपटक हड्डी कमजोर हुने, सरकारी झमेलामा फस्ने, नेतृत्व गर्न नसक्ने या अरुको दास बन्ने सम्मको अवस्था आउँछ ।

    यदि जन्म कुण्डलीमा सूर्य कमजोर छ भने ज्योतिष शास्त्रले विभिन्न उपायहरु दिएको छ । भनिन्छ ज्योतिष केबल फलकथनको विषय होइन । यसले जीवन सकारात्मक बनाउन उत्प्रेरित गर्ने र उपायहरुबाट ग्रहजनित दोष कम गराउने शास्त्र पनि हो । ग्रह दोष कारक छ भने त्यसको नकारात्मक प्रभाव कम गराउन ज्योतिषीय उपायहरुको अवलम्बन जरुरी हुन्छ । जहाँसम्म सूर्य ग्रहले नकारात्मकता दिने अवस्था जन्मकुण्डलीमा छ भने सूर्य मन्त्रको जप, सूर्य गायत्री तथा अवस्था हेरेर हवन, दान या अन्य उपाय अपनाउनुपर्छ । सामान्यतया यदि सूर्य कमजोर छ र नकारात्मकताले दुःख दिएको छ भने यसको अवस्था हेरेर जडीबुटीजन्य पदार्थ, रत्न, रातो कपडा, आदिको प्रयोग या दान गरेर राहत लिन सकिन्छ । तत्काल ज्योतिषीय सल्लाह लिने अवस्था छैन र सूर्यसम्बन्धी समस्या भोगिरहनु परेको छ भने सूर्य मन्त्र– ॐ घृणिः सूर्याय नमः को जप र सूर्यलाई दैनिक अर्घ दिँदा लाभ मिल्न थाल्छ । मन्त्र जाप र अर्घसँगै सूर्य प्रार्थना मन्त्र–जपाकुसुम संकाशम् काश्यपेयम् महाद्युतिम् । तमोऽरिम् सर्वपापघ्नम् प्रणतोऽस्मि दिवाकरम् ।। यो मन्त्रले प्रार्थना गर्नु अति लाभदायी हुन्छ ।

    अन्त्यमा सूर्य पिताको मात्र नभई पितृहरुको पनि कारक भएकाले हरेक दिन पितृहरुको स्मरण र तर्पणले पनि सूर्यको नकारात्मक फल कम गर्न हुन्छ । हरेक दिन सूर्यलाई अर्घ दिँदा पितृहरुको पनि स्मरण गर्दा पितृकृपा मिल्छ । जसलाई पितृ कृपा मिल्छ, उसलाई कुनै पनि ग्रहजनित दोषले बिगार्न सक्दैन भन्ने शास्त्रीय वचन छ । यति गर्दा पनि सूर्यको नकारात्मक फल कम भएन भने उचित परामर्श लिएर दोष निवारण गर्नु नै उचित हुन्छ । अस्तु । (लेखक दक्षिण एशियाली ज्योतिष महासङ्घका सङ्गठन सचिव हुनुहुन्छ)

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.