• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

सङ्कटमा शङ्करपुर ताल


  •   बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
  • कपिलवस्तु ७ पुस 

    Advertisement

    कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छर्नु भएन । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उहाँ बताउनुहुन्छ । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा जग्गामध्ये तीन कठ्ठा जग्गामा मात्र गहुँ छर्नुभयो । उहाँहरु मात्र होइन, शङ्करपुरमा अहिले अधिकांश किसानले बहुतै कम क्षेत्रफलमा मात्र गहुँ बाली लगाएका छन् ।

    गत वर्ष किसानले गहुँ छर्दा यहाँ सिँचाइ सुविधा थियो । किसानहरूले कुनै खेत खाली नछोडी गहुँ छर्ने गरेकामा यस वर्ष सिँचाइको आभावका कारण कम क्षेत्रफलमा हिउँदे बाली गहुँ लगाएका हुन् । गत भदौ १८ गते परेको वर्षाका कारण विजयनगरमा रहेको शङ्करपुर तालको बाँध फुटेपछि यहाँ सिँचाइ सुविधाको अभाव भएको हो । तालमा पानी नभएपछि सिँचाइमा समस्या भएको उनीहरुके गुनासो छ ।

    तालको बाँध फुटेपछि गाउँपालिकाका करिब आधा दर्जन गाउँका स्थानीय किसानलाई सिँचाइ गर्नका लागि समस्या परेको छ । तालको बाँध निर्माणका लागि किसानले विजयनगर गाउँपालिकालाई कयौँपटक आग्रह गर्दा पनि पालिकाले कुनै पहल नगरेको उनीहरूको भनाइ छ । गाउँपालिकाकै पर्यटकीयस्थलमा रूपमा परिचित ताल फुटेसँगै त्यस क्षेत्रको सौन्दर्यतासमेत खस्किएको छ ।

    तालको बाँध फुटेलगत्तै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राको नेतृत्वको एक टोलीले भदौ १८ गते अनुगमनसमेत गरेको थियो । त्यतिबेला टोलीले तत्काल बाँध निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै पहल भएको छैन ।

    विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले तालको बाँध फुटेकामा चिन्ता व्यक्त गर्दै बाँध निर्माणका लागि पहल गर्ने भने पनि अझैसम्म कुनै काम भएको पाइँदैन । ताल फुटेसँगै विजयनगर गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, वडाध्यक्षलगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली सोही स्थानमा पुगेको थियो । टोलीले सयौँ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिँचाइका कुला, बस्ती कटान भएको बताएको थियो ।

    हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका अधिकांशले ताललाई निर्माण गर्ने पहिलो प्राथमिकतामा समेत राखेका थिए । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मङ्गलप्रसाद गुप्ताले तालको बाँध निर्माण तथा मर्मतसम्भार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कपिलवस्तु क्षेत्र नं ३ (२) बाट निर्वाचित भएका प्रदेशसभा सदस्य जानकीप्रसाद यादवले ताल निर्माणका लागि रकम विनियोजित भइसकेको भन्दै अब तालको काम हुने बताउनुभयो ।

    करिब ४० हेक्टर क्षेत्रफलमा फैलिएकाले यस क्षेत्रमा पर्यटकीय विकासको सम्भावना रहेको भन्दै तालको बाँध बाँध्न आफूले पहल गर्ने उहाँले बताउनुभयो । ताललाई व्यवस्थित बनाउन केन्द्र, प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने समय आएको छ । विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरी संरक्षणका लागि विभिन्न काम गरे पनि पालिकाको बजेट बालुवामा पानी हालेसरह भएको छ ।

    यो ताल जिल्लाको पश्चिमी क्षेत्रकै सबैभन्दा ठूलो ताल पनि हो । चन्द्रौटा बजारबाट करिब पाँच किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीका रूपमा रहेको छ । तालमा शिवगढी मन्दिरमा बस्ने भगवान् शङ्करले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वासअनुसार नै तालको नाम शङ्करपुर राखिएको बताइन्छ । किंवदन्तीअनुसार यस क्षेत्रमा देवीको आश्रयस्थल रहेको थियो । देवीले देवताहरूलाई जम्मा गरेर ताल खन्न लगाएकी थिइन् । देवीका लागि गर्मीको समयमा नुहाउन ताल खनिएको थियो ।

    स्थानीय पुर्खाहरूको भनाइमा धेरै वर्षदेखि यो तालको अस्तित्व रहँदै आएको छ । यो तालले पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना बोकेको छ । तालमा धेरै प्रजातिका रैथाने माछा, बकुल्ला, जलेवा, पानीहाँसलगायत विभिन्न जलप्राणी पाइन्छन् भने विभिन्न २१ जातका पानीमा हुने वनस्पति पाइन्छ । गाउँपालिकाकै पहिचानका रूपमा रहेको ताललाई व्यवस्थित र संरक्षण गर्न सके ताल क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।

    तालमा आसपासका बासिन्दा माछा मार्न, साग टिप्न आउने गर्दथे । धार्मिक आस्थाको रूपमा भए पनि तालको क्षेत्रफल भने मानवीय र प्राकृतिक कारणले बर्सेनि घट्दै गएको छ । तालको क्षेत्रफल अहिले दिनदिनै अतिक्रमण भइरहेको छ भने तालको किनारमा तटबन्ध नगरिँदा तालमा माटो भरिँदै गएको छ । तालमा पानी नहुँदा तालको बगर स्थानीय युवाहरूको लागि खेलमैदान र गौचरनमा परिणत भएको छ ।

    तालको पश्चिम किनारामा परापूर्वकालदेखि हिन्दूहरूको मेला लाग्दै आएको छ । साविकको पत्थरदेइया, गुगौली, खुरुहुरीया गाविसको मुख्य मेला यहाँ लाग्दछ । त्यस्तै सोही स्थानमा हिन्दू तथा मुसलमानले मनाउने मोहर्रमको मेलासमेत लाग्ने गरेको छ । मोहर्रम मेलामा ताहजिया सेलाउने गरिन्छ ।

    बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.