• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

‘फरगेट काठमाडौँ’ पर्यटकको रोजाइमा


  •   शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
  • काठमाडौँ, ९ पुस ।

    Advertisement

    कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताउनुभयो । भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री गरिने उहाँले सुनाउनुभयो । पाँच–दश वर्षअघि हुने व्यापारको तुलनामा अहिले पुस्तक बिक्री छैन । तर कोरोना महामारी पछि पाठक थपिएको पिलग्रिम्स बुक हाउसका बिक्री प्रवन्धक गौरव अवस्थीले बताउनुभयो । “अहिले स्थानीय, त्यसमा पनि युवा पाठकको सङ्ख्या कोरोना महामारीपछि थपिएको छ । पर्यटक भने यो वर्ष धेरै आएका छैनन्”, उहाँले भन्नुभयो ।

    पछिल्लो समय अनलाइनबाट पनि पाठकले आफूलाई मन परेको पुस्तक किन्न थालेका छन् । “विदेशी पसलमै आउँछन्, केहीले अनलाइनबाट लिन्छन्, स्थानीय पाठक आफैँ आएर हेरेर पुस्तक लैजान्छन्”, उहाँले भन्नुभयो, “जर्मन, फ्रान्स, अमेरिका, भारतलगायत देशका पर्यटक पुस्तक खोज्न आउँछन् ।” विदेशीको तुलनामा नेपाली पाठकको सङ्ख्या पनि कम छैन । अवस्थीका अनुसार नेपाली पाठकले ‘सेल्फ हेल्प’, व्यवसायसम्बन्धी, बालबालिकासम्बन्धी, साहित्य, नाटक, धार्मिक, सदगुरु, ओशोको पुस्तक धेरै खोज्छन् । पर्यटकले विदेशी लेखककै पुस्तक बढी खोज्ने उहाँको अनुभव छ । नेपाली लेखक बुद्धिसागरद्वारा लिखित अङ्ग्रेजी अनुवाद ‘कर्णाली ब्लुज’, पारिजातको ‘शिरिषको फूल’, मन्जुश्री थापाको ‘फरगेट काठमाडौँ’, सम्राट उपाध्यायको ‘द गुरु अफ लभ’,‘यारेस्टिङ गड इन काठमाडौँ’, ‘द रोयल घोस्ट’लगायतका पुस्तक विदेशी पाठकको रोजाइमा पर्छन् । थापाद्वारा लिखित ‘फरगेट काठमाडौँ’मा २०५८ सालमा नेपालमा भएको राजदरबार हत्याकाण्डदेखि आर्थिक सङ्कटको विषय समेटिएका छन् । जुन नेपाली पुस्तकमध्ये पर्यटकले बढी खोज्ने किताब हो ।

    पिलग्रिम्समा रु ५० देखि १५ हजारसम्म मूल्यका पुस्तक पाइन्छन् । विदेशीले किताबमा छुट नखोज्ने भन्दै नेपालीले नै बढी खोज्ने अवस्थीको भनाइ छ । साथै अन्य किताबमा ‘इकिगाइ’,‘जापनीज वे अफ लिभिङ’, व्यवसाय सफल पार्ने विषय समेटिएको ‘रिच ड्याड पुअर ड्याड’, ‘थिन्क एण्ड ग्लोरिज’, ‘द पावर अफ कन्फ्युज्ड माइन्ड’, विदेशी लेखक जोन भेक्टनद्वारा लिखित ‘हिस्ट्री अफ नेपाल’, काठमाडौँमा ३० वर्ष बसोबास गर्नुभएका थोमसद्वारा लिखित ‘काठमाडौँ’, ‘म्यासाकर रोयल प्यालेस’ लगायतका पुस्तक बढी बिक्छन् ।

    विदेशी ग्राहक निश्चित मौसममा आउने भएपनि स्वदेशी ग्राहक बाह्रै महिना आउने ठमेलस्थित नेपाल बुक हाउसका सञ्चालक गणेशजङ्ग कार्कीले बताउनुभयो । विदेशीले पर्वतीय पदयात्रासम्बन्धी पुस्तक बढी खोज्ने भन्दै उहाँले स्वदेशी पाठकले साहित्य र विचार समेटिएका पुस्तकमा बढी रुचि राख्ने अनुभव सुनाउनुभयो । विराटनगर स्थायी घर भएका कार्कीले विशेष गरी नेपालका पर्यटकीय क्षेत्रसम्बन्धी किताब विदेशीले रुचाउने जिकिर गर्नुभयो । कार्कीको पसलमा रु दुई सय ५० देखि २५ हजारसम्म मूल्यका पुस्तक पाइन्छन् ।

    नेपाली भाषा सिक्न चाहाने पर्यटक पनि आउने भन्दै उहाँले पदयात्रामा प्रयोग हुने शब्द भएका किताब खोजिने बताउनुभयो । पैँतीस वर्षदेखि ठमेल बुक्स सञ्चालन गर्दै आउनुभएका अन्जनी अग्रवालले ‘सेकेन्ड ह्याण्ड’ पुस्तकको व्यापार गर्नुहुन्छ । अनलाइनमार्फत पुस्तक बिक्री हुन थालेसँगै आफ्नो व्यापार घटेको उहाँको तर्क थियो । कतिपय विदेशीले त उहाँको पसलमा किताब बिक्री गर्न ल्याउने अग्रवालले सुनाउनुभयो । पर्यटकले नेपालका धामी झाँक्री, मौरीपालन, इतिहासलगायत पदयात्रामा उपयोगी हुने पुस्तक खोज्ने गरेको उहाँले सुनाउनुभयो । पछिल्लो समयमा व्यापार नभएको भन्दै अग्रवालले सटर भाडा तिर्न गाह्रो भइरहेको गुनासो गर्नुभयो । ठमेलमा अहिले विदेशी पर्यटक आउने मौसम नभएपनि अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसले केही चहलपहल देखिएको ठमेल पर्यटन परिषदका अध्यक्ष भवी शर्माले बताउनुभयो । रासस

    शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.