• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

गौ संरक्षणका लागि विधि निर्माण गर्ने नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता


  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित
  • काठमाडौँ, १० पुस ।

    Advertisement

    प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सदस्यहरुले असहाय गाई बाच्छा संरक्षणका लागि विधि निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    असहाय गाई बाच्छा संरक्षण अभियानले नवनिर्वाचितहरुको सम्मानमा आज आयोजना गरेको स्वागत कार्यक्रममा विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यले राष्ट्रिय जनावरका रुपमा रहेको गाईलाई सडकमा असहाय बनाउन नहुनेमा जोड दिनुभएको थियो । कार्यक्रममा उहाँहरुले गाईको दूध खाने र दूध दिन छोडेपछि सडक, नदी किनार र मठ मन्दिरमा छाड्ने क्रमलाई अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको हो ।

    सो अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाजुराबाट निर्वाचित सांसद बद्री पाण्डे, काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे, समानुपातिक सांसद प्रतिमा गौतम र शान्ति श्रेष्ठले असहाय गाई बाच्छा संरक्षण अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

    प्रदेशसभा सदस्य विमल ठकुरीले अबको संसद् अधिवेशनमा सडकमा अलपत्र पारिएका गाई बाच्छाको अधिकार र संरक्षणको पक्षमा कानून निर्माणका लागि प्रदेशसभामा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सेलेब्रेसन कोएड विद्यालयका प्रधानाध्यापक महेन्द्र भट्टराईले नेपाली संस्कारमा गौरक्षाको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

    अभियानका संस्थापक उत्तम पुडासैनीले अभियानको उतारचढाव र यसको आवश्यकताका बारेमा जानकारी गराउनुभएको थियो । अभियानका कोषाध्यक्ष भगवान पुडासैनीले असहाय गाई बाच्छा संरक्षण अभियानका लागि सहयोग गर्नेको सङ्ख्या निरन्तर बढिरहेको उल्लेख गर्दै कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो । कानून निर्माण गरेर सडकलगायत सार्वजनिकस्थलमा आई बाच्छालाई छाड्ने वातावरण बन्न नदिने व्यवस्था गरिनुपर्ने वक्ताहरुको भनाइ थियो ।

    असहाय गाईबाछा संरक्षण अभियानले विसं २०७५ जेठ १ गतेदेखि सडकमा अलपत्र पारिएका गाई बाच्छाको संरक्षण गर्दै आएको छ । अभियानले सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भागस्थित वाग्मती नदी किनारको सार्वजनिक जग्गामा असहाय गाई बाच्छा संरक्षण गरेको थियो ।

    असहाय गाई बाच्छाका लागि अभियानले खाना, छाना, उपचार र मायाको प्रबन्ध मिलाउँदै आएको छ । अभियानले खुला आकाशमा अबोध गाई बाच्छाले एक रात पनि बिताउनु नपरोस् भन्ने उदेश्यले सडकमा अलपत्र अवस्थामा रहेका गाई बाच्छाको उद्धार एवं पालनपोषण गर्दै आएको छ । अहिले आश्रयस्थलमा करिब दुई सय असहाय गाई बाच्छालाई संरक्षण गरिएको छ ।

    असहाय गाई बाच्छा संरक्षणका लागि पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित गोठाटारमा एक सय रोपनी जग्गा दिएको छ । कोषले दिएको जग्गामा अभियानले असहाय गाई बाच्छा संरक्षण गर्दै आएको छ । कोषको गुरुयोजनामा सो स्थललाई गौशालाका रुपमा विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ । रासस

    आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.