• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

मानवताको मन्दिरका लागि नेपथ्य अभियान


  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित
  • बुटवल, १० पुस ।

    Advertisement

    हरेक साङ्गीतिक यात्रालाई सामाजिक अभियानसँग जोडेर दर्शकसामु प्रस्तुति दिने नेपथ्य ब्याण्डले यसपटक मानवताको मन्दिर निर्माणका लागि शनिबार राति बुटवलवासीलाई सङ्गीतमा झुमायो र नचायो ।

    मानव सेवामा अग्रसर मानव सेवा आश्रमले निर्माण गरेको १५ मिनेट लामो वृत्तचित्रको प्रस्तुतिमा पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भूनाथजस्ता नाथैनाथको देश नेपालमा कोही नागरिकले अनाथ जीवन व्यथित गर्नु नपरोस् भन्ने वृत्तचित्रको सन्देशसँगै ठीक ६ बजे नेपथ्य ब्याण्डको आफ्नै अत्याधुनिक स्टेजमा अमृत गुरुङको प्रस्तुती सुरु भयो ।

    ‘मानवताका लागि सङ्गीत’ नारासहित मानवता प्रवद्र्धन अभियानमा लागेको मानव सेवा आश्रमको अक्षयकोष स्थापनार्थ बुटवलसहित नेपालका १० ठूला सहरमा साङ्गीतिक कार्यक्रम गर्ने अभियानअन्तर्गत शनिबार साँझ बुटवल-१२ रामनगर खेल मैदानमा भएको कार्यक्रममा गायक गुरुङले पटकपटक दर्शकसमक्ष मानवताको मन्दिर निर्माणमा सहकार्यका हात बढाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “यो मानवताको मन्दिर निर्माणमा आर्थिक, भौतिक, नैतिक जेजस्तो सहकार्य गर्न सकिन्छ गरौँ हैँsss”

    कार्यक्रममा ब्यान्डकै यो पहिलो सिर्जनाको प्रस्तुतिमा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउने गरी तस्बिरको संयोजन देखाइएको थियो । गायक गुरुङसहित उहाँको समूह स्टेजमा देखिँदा दर्शकको ताली र सिटीसहित भव्य स्वागतले रामनगरको मैदान पूर्णरुपले सङ्गीतमय बनेको थियो ।

    बुटवलमा यसअघि सातपटक प्रस्तुति लिएर दर्शकमाझ आएको नेपथ्य यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै तीनपटक आएको थियो । विराटनगर, वीरगञ्ज, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी र सुर्खेतपछि यसपटकको शृङ्खलामा शनिबार साँझ बुटवलमा प्रस्तुति आठौँ हो ।

    ब्यान्डले दोस्रो गीतका रुपमा ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत हुँदा कार्यक्रममा प्रविधिको प्रयोग गरेर मञ्च अगाडि हिउँ झरेको देखाइयो । लगत्तै पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’को प्रस्तुतिसँगै ब्याण्डका नेतृत्वकर्ता गुरुङको दर्शकसँग भलाकुसारी सुरु भयो ।

    “सङ्गीत सँगसँगै मानवताको सेवा गर्ने उद्देश्यले यहाँ आउनुभएका सबै दर्शकलाई स्वागत गर्न चाहन्छु हैsss,” उहाँले भन्नुभयो, “हिमाल, पहाड र मधेसदेखि बुटवलमा जम्मा भई यो ठाउँ गुलजार बनाइदिने तपाईंहरु सबैलाई धन्यवाद छ है sss ।” त्यसपछि उहाँले दर्शकको भलाकुसारीकै क्रममा सहरमा बसेका समय मिलाएर गाउँ जानुपर्छ है भन्दै गीत गाउनुभयो ।

    ‘खान्न म त लामपाते सुरती
    लाउँ कि नलाउँ जुग जाने पिरती’

    लोक भाखाको यो गीत पस्कँदा साँचिक्कै गाउँको झल्को आएको प्रस्तुति हेर्न पुगेका बुटवल-१३ का सुन्दर तरामुले बताउनुभयो ।

    सुरुमा झम्काइदेउ झम्काइदेउ, गलै माया झम्काइदेउ, मैमरि जाउला जीवन छोटो छ, लेखेको सम्झना नफाल सिरानमा फोटो छ, आकासबाट के उडी आयो, भेडाको ऊनजस्तो, मायाको फोटो म खिची लान्छु पुर्नेको जुनजस्तो लगायतका लोक तथा राष्ट्रिय गीतबाट गायक गुरुङले बुटवलमा शनिबारको चिसो साँझलाई तताउँदै दर्शकलाई नचाउनुभयो ।

    गायक गुरुङले आफ्नो साङ्गीतिक समूहको तीन दशक लामो यस्तै सामाजिक अभियानमै क्रममा देसका विभिन्न स्थानमा पुग्ने अवसर दर्शकको मायाले मिलेको भनेर कार्यक्रमका बीचबीचमा गाउँले भाषामा दर्शकलाई प्रष्ट्याउँदा साङ्गीतिक माहोल झनै मनोरञ्जनात्मक बन्न पुगेको थियो ।

    त्यसपछि अर्को पुरानो गीत थियो, ‘चरि मर्यो शिशैको गोलीले ।’

    उहिले रुपन्देही नजिकैको भारतीय नौतनहवा बजारमा रेल गुडेको देखिथ्यो रे भन्दै गायक गुरुङले प्रष्ट पार्न भन्नुभयो, “रेल झट्ट हेर्दा बादल माथिबाट गुडिरहेको भान पथ्र्यो, त्यही भावनालाई शब्दले उडेको रेलको परिकल्पना गरेको हो ।”

    लगत्तै ‘जोमसोमे बजारमा’ सुनाएपछि अमृतले फेरि दर्शकसँग संवाद गर्दै नेपालमा विश्वमै अन्त कतै नभएका अग्ला हिमाल, मनोरम पहाड र शान्तिको उज्यालो छर्ने गौतमबुद्धको जन्मस्थल रहेको बताउनुभयो । उहिले मुक्तिनाथ पुग्न आठ दिनसम्म लाग्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “आजभोलि त मुक्तिनाथ जान कालीगण्डकी करिडोरको सडक बनेको छ, एकै दिनमा पुगिन्छ त्यसैले सयम मिलाएर र आर्थिकको जोहो गरेर घुमौँ हैsss ।”

    लुम्बिनी र सगरमाथा विश्वमा अर्को कतै नभएको भन्दै लुम्बिनी र सगरमाथाले नेपाललाई चिनाउनुपर्ने बताउनुभयो । त्यसपछि गाइएको गीत त झनै बुटवलकै बाटो भएर लाहुर भर्ती भएका नेपालीका वीरताको कथा र लाहुरे घर फर्किंदाको खुसियाली व्यक्त गर्दै गीत गाउँदा मैदानमा भावुकता छायो ।

    ‘नैनाताल नैनाताल
    घुमिआयो रेल
    आँखामा लाउने कालो गाजल
    बुलबुलेमा तेल’

    मानिसले जन्मपछि मृत्यु स्वाभाविक भएको भन्दै मानव कल्याणमा लाग्न र मानव सेवा आश्रमको मानव सेवा मन्दिर निर्माणमा सहयोग गर्न आह्वान गर्नुभयो ‘जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ ।’

    बुटवल कन्सर्टको अर्को विशेषता नेपथ्यले भर्खरै तयार पारेको गीत ‘भटभटे’ बन्यो । यो नौलो प्रस्तुति

    ‘भटटट भटटट भटभटे आयो
    बाटो छोड छोड छोड’

    सहरबजारमा तन्नेरीमाझ मोटरसाइकलको चल्ती बढ्दै गएको विषयलाई समेटेर तयार पारिएको गीतमा युवापुस्ताको भावना झल्किथ्यो ।

    त्यसपछिको प्रस्तुति भने ‘गाउँगाउँबाट उठ’को पालो आइपुग्यो । मञ्चबाट यो गीत गाइरहँदा रामनगर मैदानमा भरिएका दर्शकहरुले गाएरै साथ दिइरहेका थिए । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक गुरुङले भन्नुभयो, “समाजलाई फेर्छु भन्नेहरु आफैँ फेरिएको देख्दा हामी तीनछक परेका छौँ । देश बनाउन अब हामी नै एकजुट बनौँ हैsss ।” धुनकै क्रममा गायकबाट आएको यो आह्वानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो ।

    देश बनाउने सङ्कल्प गर्न जनताले भोट दिएर जिताएका जनप्रतिनिधिलाई नमात्तिन र हरेश नखान भन्दै उहाँले देश विकासमा सबै एक भएर लाग्न सुझाव दिनुभयो ।

    तालको माछा कोही गन्न सक्दैन, जातै सानो मायामा हँुदैन, माया साथैमा उडायो रेलैले’मार्फत् माया लगाउँदा जातले नछेक्ने सन्देश साङ्गीतिक प्रस्तुतिमार्फत दिनुभयो बुद्धजन्मस्थल लुम्बिनीको सम्भावनालाई उजागर गर्दै ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ नेपालका सबै कुनाकाप्चामा बस्ने नेपाली हो भन्ने सन्देश दिनेगरी ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’ भन्ने गीत गाउनुभयो ।

    कार्यक्रमको अन्ततिर ‘झ्याउरे भाका, मै नाचे छमछम’ बोलको गीत गाउँदै आफ्नो टिमको परिचयसहित स्थानीय आयोजकलाई कार्यक्रम आयोजना गरेकामा धन्यवाद दिनुभयो । कार्यक्रमकैबीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा धु्रव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराउनुभएको थियो ।

    कार्यक्रमको अन्त्यतिर ब्याण्डको चर्चित गीत ‘तालको पानी माछीले खाने, पेरेमसित जानेकी नजाने’ लोकलयको गीत गाएर अन्तिम प्रस्तुति ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो रगत सरी यो’ गीतसँगै दुई घण्टाको कार्यक्रमबाट बिदा हुँदा दर्शकले कार्यक्रम सकिएको पत्तै पाएनन् ।

    मानव सेवा आश्रमको अक्षयकोष स्थापनाका लागि आयोजना गरिएको कार्यक्रमको सहआयोजकका रुपमा रोटरी क्लब अफ बुटवल डाउनटाउन थियो । मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीले नेपथ्य ब्याण्ड मनोरञ्जनसँगै नेपाली भाषोपथ्य ब्याण्ड मनोरञ्जनसँगै नेपाली भाषा र संस्कृति जगेर्नाको अभियानमा लागेको बताउनुभयो ।

    “बुटवलमा सडकमा आश्रित आमाबुवालाई व्यवस्थित छाना र खानाको प्रबन्ध गर्न हामी सफल भइसकेका छौँ”, उहाँले भन्नुभयो, “अब भवन बनाएर यो प्रयासलाई संस्थागत तुल्याउने योजनाअनुसार कन्सर्टको आयोजना गरेका हौँ ।” बुटवलमा आश्रमको आफ्नै भवन बनाउने काम सुरु भइसकेको छ ।

    कार्यक्रम अवधिभर गायक गुरुङले बारबार मानवसेवा आश्रमको उद्देश्यबारे प्रष्ट पर्ने र घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको जानकारी दिनुभयो । रासस

    आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.