काठमाडौँ, ११ पुस ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही बेरमा तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ खाँदैछन् । शपथ ग्रहणका लागि प्रचण्ड दौरासुरुवालमा सजिएर राष्ट्रपति भवन शीतल निवास पुगिसकेका छन् ।
उनले पहिलो पटक दौरा सुरुवालमा सजिएर प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट(पेन्टमा शपथ ग्रहण गरेका थिए ।




