काठमाडौँ, ११ पुस ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहणका लागि प्रचण्ड दौरासुरुवालमा सजिएर राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । उनले पहिलो पटक दौरा सुरुवालमा सजिएर प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोटपेन्टमा शपथ ग्रहण गरेका थिए ।




