• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी


  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
  • अन्नपूर्ण (कास्की) १२ पुस 
    पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाउनुभएको छ । छयालिस वर्षीय उहाँले गाउँमै कोइला उद्योग चलाउनुभएको हो । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

    Advertisement

    कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उहाँले बताउनुभयो । “कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत चार वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु”, पुनले भन्नुभयो ।

    विसं २०७५मा सुरु गरिएको अन्नपूर्ण कोइला उद्योगबाट लगानी उठाउने बेला कोरोनाले बिथोलेर भनेजस्तो व्यापार हुन सकेको थिएन । “जग्गा मेरै थियो त्यही दुईवटा भट्टी बनाएर काम सुरु गरँे,” उहाँले बताउनुभयो, “बिस्तारै राम्रो हुँदै थियो त्यही बेला कोरोनाले समस्या बनायो ।”

    गत वैशाखदेखि भने पुनको व्यवसायले गति लिन थालेको छ । कोरोनाकालमा पनि हरेस नखाई काम गरेको परिणाम अहिले देखिन थालेको उहाँले बताउनुभयो । “कोरोना सुरु भएपछि व्यापार नै भएन । अब लगानी डुब्ने भयो भन्ने चिन्ता पनि लाग्यो,” पुनले जोड दिनुुभयो, “तर हिम्मत हारिन काम गर्दै गए सफल हुन्छु भन्ने थियो । गत वैशाखदेखि भने राम्रै भएको छ ।”

    पछिल्लो समय उहाँले एक दिनमा दुई क्विन्टलसम्म कोइला उत्पादन गर्दै आउनुभएको छ । पछिल्लो समय कोइला बेचेर मात्रै मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिँदै उहाँले अहिले तीन मजदुरलाई काम पनि दिनुभएको छ । “कमाउन त एक लाखभन्दा बढी कमाइन्छ तर काम किन्नुपर्ने अनि मजदुरलाई तलब दिँदा महिनामा ६० हजारभन्दा बढि बचत हुन्छ,” पुनले भन्नुभयो ।

    उहाँको मिहेनत, परिश्रम र विदेशमा सिकेको सीपको प्रयोगले गाउँले पनि खुसी छन् । विदेशबाट फर्केर गाउँमै उद्योग स्थापना गरी आम्दानी गर्नु गाउँका लागि गौरवको विषय भएको सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले बताउनुभयो । “गाउँमा उद्योग चल्नु गौरवको कुरा हो । जसले गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर उपलब्ध गराउँछ,” उहाँले भन्नुभयो, “यस्तो कामले अरू युवालाई मातृभूमिमै बसेर काम गर्ने प्रेरणा प्रदान गर्छ ।” गाउँलेको साथ सहयोग र आफ्नो मिहेनतले उद्योग राम्रो चलेको सञ्चालक पुनले बताउनुभयो । दुईवटा भट्टीबाट उत्पादित कोइला पोखरा, काठमाडौँलगायत अन्य सहरमा निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो । “विभिन्न प्रयोजनका लागि कोइला प्रयोग हुने भएकाले उद्योगबाटै सबै बिक्री हुन्छ,” पुनले भन्नुभयो, “बजारको कुनै समस्या छैन । पछिल्लो समय त माग धान्नै गाह्रो छ ।”

    बजारको माग धान्नका लागि अझै तीनवटा भट्टी थप्ने उहाँको योजना छ । पाँचवटा भट्टीको कोइला बिक्रीबाट मासिक रु एक लाखभन्दा बढी रकम बचत गर्ने उद्देश्य लिनुभएका पुनले कोइलाको काम गर्न र उद्योग खोल्न चाहनेहरुलाई सिकाएर सीप हस्तान्तरण गर्न पनि तयार रहेको बताउनुभयो ।

     

    मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.