काठमाडौँ, १२ पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।




