चितवन १ साउन
सुपक अधिकारीको दोहोरो मादल गीतले चर्चा बटुलेको छ । पोखरा घर भएका हाल अस्ट्रेलियामा बस्दै आएका सुपक अधिकारीले जनजाति (गुरुङ्ग र मगर) समुदाय लाई सम्बोधन गर्दै नृत्यको प्रचार गरिएको झ्याउरे गितको सार्वजनीक गरेका थिए । अधिकारी शब्द रहेको यो गीतमा खेम सेन्चुरी र मनीला पुनले स्वर दिएका छन् । भिडियोमा दुर्गेश थापा, स्मरिका ढकाल र सामरिक ढकालको मुख्य अभिनयलाई दर्शकले रुचाएका छन् । गीतामा याम थापा मगरले संगीत तथा एरेन्ज गरेका छन् ।
अधिकारीको आफ्नै युटुभ च्यानल निर्वाण प्लसबाट एक हप्ताअघि सार्वजनिक गरेको गीतमा ७ लाख भ्युज नाघेको छ । सामाजिक संजाल टिकटकमा गीत मन पराउनेहरु बढ्दै गएका छन् ।
एक दशकदेखि पढाइ र कामको क्रममा विदेशमा रहेका अधिकारी सानैदेखि लेखन कार्यमा सक्रिय छन् । यसैसाल गड्यो प्यार दिलमा, पैसा हैन माया, आयो आयो लगायतका गितहरु सार्वजनिक गरेका अधिकारीले निरन्तर रुपमा आफ्नो नयाँ सिजर्ना आउने क्रममा रहेको बताए । उनले भने– धेरै गीत÷गजलहरू डाइरीमा छन्, स्रोताको मायाँले नयाँ सिर्जना ल्याउन हौसला थपेको छ । अधिकारी अस्ट्रेलिया रहेर सामाजिक सेवामा समेत सक्रिय छन् ।




