• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

मकैको बीउमा बागलुङ आत्मनिर्भरतातिर


  •   सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
  • बागलुङ ९ साउन
    बाहिरबाट बीउ ल्याएर मकै खेती गर्नुपर्ने यहाँका किसानको बाध्यता कम हुँदै गएको छ । किसान आफैँ प्रमाणित र उन्नत बीउ उत्पादनतिर लागेका छन् । कृषि ज्ञान केन्द्रले मकैको बिजवृद्धि कार्यक्रममार्फत किसानलाई सघाएको छ ।

    Advertisement

    केन्द्रका अनुसार तमानखोला, निसीखोला, ताराखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत गरी सात ठाउँमा बिजवृद्धि कार्यक्रम सञ्चालित छ । कूल एक हजार रोपनीमा कृषि सहकारी र समूहमार्फत मकैको बीउ उत्पादन भइरहेको हो ।

    केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बिजवृद्धि कार्यक्रमबाट १५० मेट्रिक टन बीउ उत्पादन हुने बताउनुभयो । आफ्नै हिसाबले बीउ उत्पादन गरेर बेच्ने किसानको सङ्ख्या पनि उल्लेख्य रहेको उहाँको भनाइ छ ।

    “यहाँ २० हजार हेक्टरमा मकै बाली लगाइन्छ, एक हेक्टरलाई २० किलो बीउ चाहिन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “वर्षमा चार सय मेट्रिक टन बीउको खाँचो पर्छ, आउँदो एक÷दुई वर्षभित्रमा बागलुङ मकैको बीउमा आत्मनिर्भर बन्छ ।”

    यहाँ मुख्य गरी उन्नत जातको मनकामना १, २, ३, ४, ५ र अरुण–१, २ मकैको खेती हुन्छ । बरेङ गाउँपालिकाका किसानले भने देउती जातको मकै लगाउँछन् । मनकामना एक हजार ५०० मिटरको उचाइसम्म र गणेश त्यसभन्दा माथि उब्जाउ हुन्छ ।

    केन्द्रले मकैको बीउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा मूल बीउ उपलब्ध गराउने गरेको छ । किसानले यान्त्रिक हलो, त्रिपाल, बोरालगायत कृषि औजार र उपकरण पनि अनुदानमा पाउँछन् । आउँदा वर्षमा बिजवृद्धि कार्यक्रम थप विस्तार गर्ने योजनामा केन्द्र छ ।

    अहिले सबैभन्दा बढी निसीखोलाको देवीस्थान कृषि सहकारीमार्फत ३०० रोपनीमा मनकामना–३ मकैको बीउ उत्पादन भइरहेको छ । ताराखोलामा १०० रोपनीमा गणेश–१ जातको मकैको बीउ उत्पादनका लागि बिजवृद्धि कार्यक्रम सञ्चालन गरिएको छ ।

    तमानखोला गाउँपालिकामा मकै ‘ब्लक’ कार्यक्रमअन्तर्गत १०० रोपनीमा गणेश–१ जातको मकैको बीउ उत्पादन भइरहेको छ । जैमिनी–१० पाहीमा २५० रोपनीमा बिजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको छ ।

    काठेखोला गाउँपालिका–४ तङ्ग्रामको कल्पना मकै उत्पादन समूहले पनि सय रोपनीमा उन्नत जातको मनकामना–३ उत्पादन गरिरहेको समूहका अध्यक्ष रनबहादुर थापाले बताउनुभयो । उक्त समूहले उत्पादन गरेको मकैको बीउ गत वर्ष केन्द्रमार्फत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा निर्यात गरिएको थियो ।

    यो वर्ष पनि पोखरा, म्याग्दी, रुकुमलगायत ठाउँमा बीउ बेचिएको अध्यक्ष थापाको भनाइ छ । तङ्ग्रामका अगुवा किसान थापाले विगत १०÷१२ वर्षदेखि मकैको बीउ उत्पादन गर्दै आउनुभएको छ । “पहिले लुम्ले, काभ्रेलगायत ठाउँबाट बीउ ल्याउनुपथ्र्यो, अहिले यहाँको बीउ बाहिर गइरहेको छ”, उहाँले भन्नुभयो । केन्द्रले मकैको बीउलाई प्रतिकिलो रु १०० को दर तोकेको छ ।

    बीउ परीक्षण प्रयोगशाला परीक्षण गरेर प्रमाणित भएपछि मात्र केन्द्रले बीउ बिक्रीका लागि सिफारिस गर्ने गरेको प्रमुख भट्टराईले बताउनुभयो । “सिफारिसका लागि बीउ शुद्ध र निरोगी हुनुपर्छ, कुनै जातको बीउ उत्पादन गर्नुछ भने त्यसको ३०० मिटर वरपर अर्को कुनै पनि जातको मकै लगाउन मिल्दैन”, उहाँले भन्नुभयो ।

    प्रमुख भट्टराईले बीउ उत्पादनमा जोखिम पनि हुने भएकाले किसानलाई बीउको भण्डारण र सुरक्षाका लागि चाहिने पूर्वाधारमा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । मकैको बीउ उत्पादन गरेर बेच्ने किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ । “बीउमा आत्मनिर्भर मात्र होइन निर्यात गर्ने स्थितिमा जिल्लालाई पु¥याउन सकिन्छ, तर त्यहीअनुसारको लगानी र पूर्वाधार पनि चाहिन्छ”, प्रमुख भट्टराईले भन्नुभयो ।

    उहाँले यसअघि लुम्ले, काभ्रे, सुर्खेत र बैतडीसम्म पुगी मकैको बीउ ल्याएर किसानलाई बाँड्ने गरेको सुनाउनुभयो । कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइका निमित्त प्रमुख सुजित पौडेलले बडिगाड गाउँपालिका–१ दगातुम्डाँडामा बीउ भण्डारण गृह निर्माण गरिएको बताउनुभयो । त्यहाँका किसान मकैको बीउ उत्पादनतर्फ आकर्षित भएपछि एकाइले आफ्नै लगानीमा बीउ भण्डारण गृह निर्माण गरेको हो ।

    बागलुङसहित पर्वत र गुल्मीका दुई स्थानीय तहमा कार्य क्षेत्र रहेको एकाइले पर्वतको फलेवास नगरपालिका, महाशिला र बिहादी गाउँपालिका समेटेर ‘मकै जोन’ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत फलेवासको झकलक कृषि सहकारीले यो वर्ष १६ मेट्रिक टन बीउ उत्पादन गरेको निमित्त प्रमुख पौडेलले बताउनुभयो । “सहकारीले मनकामना–३ र अरुण–२ को मूल, प्रमाणित र उन्नत बीउ उत्पादन गर्छ, अहिले त्यहाँको बीउ बाहिरी जिल्लामा पनि निर्यात भइरहेको छ”, उहाँले भन्नुभयो ।

    सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.