काठमाडौँ १५ साउन
भोजपुरको भोजपुर नगरपालिका–१२ टक्सारमा भूकम्पबाट दुई घर भत्केका छन् । आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले भोजपुरका स्थानीय प्रमोद हलवाईको घर भत्किएको छिमेकी सागर उदासले जानकारी दिए ।
उक्त घर २०७२ को भूकम्पले चर्काएको थियो । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार हालसम्म क्षतिको थप विवरण आइसकेको छैन ।आज बिहान खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।




