चितवन साउन १८
चितवन कांग्रेसका सभापती राजेश्वर खनालले एकलौटी पार्टी सञ्चालन गर्ने र विधिविधानलाई मिचेर अगाडी बढेको आरोप लागेको छ ।
बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले आज एक विज्ञप्ती निकाल्दै उक्त आरोप लगाउनु भएको हो । नेपाली कांग्रेसको चौैधांै महाधिवेशनमा सहमती‚ सहकार्य र एकताको भाव प्रस्तुत गर्दै आफुले एक कदम पछी हटेर सर्वसम्मत राजेश्वर खनाललाई निर्वाचित गरेको भन्दै श्रेष्ठले आफुसंगको भद्र सहमतीलाई लत्याएर अन्य प्रतिस्पर्धीको भावनालाई समेत नजरअन्दाज गरी मनोमानित ढंगले पार्टी अगाडी बढाएको विज्ञप्तीमा उल्लेख गर्नभएको छ । उहाँले केन्द्र‚ प्रदेश र जिल्लाका अगुवा नेताको आग्रहमा राजेश्वर खनाललाई समर्थन गरेकोले सहमती विपरीत पार्टी सञ्चालन गर्ने पार्टीका मातहतका निकायलाई समन्वयकारी भुमिका खेल्नुका सट्टा जबरजस्ती गर्दै आएकोले यस्ता गतिविधि नसच्चिए आफुले दिएको समर्थन समेत फिर्ता लिने चुनौती समेत दिनुभएको छ । पार्टीमा कुनै पनि किसिमको असर परेमा यसको जिम्मेवार स्वयम् सभापती रहनुपर्ने विज्ञप्तीमा भनिएको छ ।
स्थानिय चुनाबमा एकलौटी टिकट बितरण गरेको भन्दै सभापति राजेश्वर खनाल विबादमा परेका थिए ।
उनले आफ्नो भाईलाई भरतपुरको प्रशासनिक केन्द्र मानिएको महत्वपुर्ण १० नम्बर वार्डमा अध्यक्षको उमेद्ववार बनाएको भन्दै चौतर्फि बिरोध भएको थियो ।
उनले भाईलाई टिकट दिएपछि क्षेत्र नम्बर ३ का सभापति लाल बहादुर दवाडीले पनि छोरालाई टिकट दिए ।
नेपाली कांग्रेसका केन्द्रीय नेतालाई लाग्दै आएको परिवारबादको आरोप यसपटक चितवनलाई पनि लागेको थियो ।
उक्त समयमा सभापतिका प्रत्यासी प्रा.डा .सुर्यकान्त घिमिरे र उत्तम जोशिले बिज्ञप्ति निकालेर स्थानिय चुनाबमा मनोमानि टिकट बितरण भएको भन्दै राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिएको टिप्पणी गरेका थिए ।
उनिहरुले पार्टीको निति ,आचरण,आदर्श र मर्यादा बिपरित आर्थिक चलखेलको भरमा टिकट बितरण गरेर निष्ठावान संघर्षशिल र ईमान्दार कांग्रेसका कार्यकर्ताको अपमान गरेको गम्भिर आरोप लगाएका थिए।
किन बिवादमा तानिए राजेश्वर खनाल ?
नेपाली कांग्रेसका नेता राजेश्वर खनाल बिद्दार्थी राजनितीबाट तरूण दल हुदै पार्टीको मुलधारमा आएका हुन्।
लामो समय प्राध्यापन पेशामा रहेका उनि यसअघि पार्टीको महासमिती सदस्य थिए ।एकैपटक सभापति बन्ने मौका पाएका उनि पार्टीको सबै नेता कार्यकर्तामा लोकप्रिय देखिन्थ्ये ।तर उनले सबै नेता कार्यकर्तालाई मिलाउन र रिझाउन सकेनन् किन ?प्रश्न चिन्ह खडा भएको छ ।उनि गठबन्धनको चर्को बिरोधि भएर एकाएक राष्ट्रिय मिडियामा छाएका थिए ।उनले केहि सम्झौता गरि गठबन्धनको पक्षमा लागेको भन्दै उनका खास शुभचिन्तक अझैपनि भुईकट्टर समुह बनाएर समानान्तर कमिटी र गतिबिधिमा सक्रिय छन् ।
राजेश्वर खनाललाई सभापति बन्न दोश्रो चरणमा सबै प्रतिस्पर्धिले सहयोग गरेर सर्बसम्मत बनाईएको थियो ।पार्टीको स्थानिय चुनाबलाई लक्षित गरि सर्बसम्मत बनाउन पहल गर्ने केन्द्रिय सदस्य टेक प्रसाद गुरूङ्ग,दिनेश कोईराला,उमा रेग्मी , अन्जनि श्रेष्ठ ,उमेश श्रेष्ठ ,रामकृष्ण घिमिरे,शेषनाथ अधिकारी र जितनारायण श्रेष्ठले महत्वपुर्ण भुमिका खेलेका थिए ।
यद्दपि खनालले केन्द्रिय सदस्य टेक प्रसाद गुरूङ्ग,दिनेश कोईराला र जितनारायण श्रेष्ठको सल्लाहमा मात्र चलेको भन्दै उनले चालेका हरेक कदम र पछिल्लो मनोनयनको बिषयलाई लिएर धुर्बिकरण बढेको छ भने असन्तुष्टि मैदानमा छताछुल्ल भएको छ ।




