• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

सप्तकोसी बाढी : विस्थापितका लागि राहत सहयोगको आह्वान


  •   बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
  • काठमाडौँ १९ साउन

    Advertisement

    सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फे¥यो । हजारौँ घर परिवार प्रभावित भए । झण्डै आठ हजार हेक्टरमा नदी पसेको छ ।

    स्थानीय पालिका, प्रशासन कार्यालय सुरक्षाकर्मी तथा विभिन्न सङ्घ संस्थाको सहयोगमा एक हजार बढी परिवारको फसेको स्थानबाट उद्धार गरेको छ । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले प्रभावितका लागि विभिन्न क्षेत्रमा आश्रयस्थल निर्माण गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

    उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आफूहरु अहिले पनि फिल्डमा खटिएर अनुगमन गरी प्रभावितका लागि आवश्यक व्यवस्थापनमा जुटेको बताउनुभयो । उहाँका अनुसार अहिले बहाव कम भएकाले व्यवस्थापनमा केही सहज भएको पनि जानकारी दिनुभयो ।

    सप्तकोसीको भङ्गालो पसेर प्रभावित भएका हजारौँ स्थानीयवासीका लागि राहत सहयोग गर्न सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई आह्वान पनि गरिएको छ । उनीहरुका लागि अस्थायी आश्रयस्थल निर्माण, राहत तथा खाद्यान्न र टेन्टलगायतका अत्यावश्यक सामग्री आवश्यक भएकाले विभिन्न निकायलाई सहयोगका लागि आह्वान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

    राहत सङ्कलन र वितरणलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्नेगरी आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ । बुधबार सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा उक्त नगरपालिकाका १, २, ३, ८ र ९ वडाका करिब दुई हजार घरपरिवार प्रभावित भएका थिए । उनीहरुमध्ये एक हजार परिवारलाई उद्धार गरिएको थियो भने अन्य स्थानीयवासी आफैँ घर छाडेर सुरक्षित स्थनमा पुगेका थिए ।

    उक्त क्षेत्रमा हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ । बाढीबाट प्रभावित करिब एक हजार घरपरिवारको उद्धार गरी सुरक्षितस्थलमा सारिएको पनि उहाँले जानकारी दिनुभयो । उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी रहेको पनि उहाँले बताउनुभयो ।

    प्राधिकरणको समन्वयमा बेलायत सरकार र केयर नेपालले विस्थापितका लागि खाद्यान्न खरिद गर्न रु छ लाख तथा सरसफाइका सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीका लागि रु ११ लाख राष्ट्रिय किसान समूह महासङ्घमार्फत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको प्राधिकरणले जानकारी दिएको छ ।

    बेलकाका नगर प्रमुख कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाबीचको आकस्मिक बैठकले बेलका र बराहक्षेत्र नगरपालिकाका नगर–प्रमुखको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइट, वडाध्यक्षलगायत आवश्यतानुसार पदाधिकारी सहभागी हुने गरी खोज, उद्धार, पुनःस्थापना तथा विपद् व्यवस्थापन समिति गठन गरेको छ ।

    बैठकले नदीले पु¥याएको तथा पु¥याउन सक्ने थप क्षति आधिकारिक सूचना सम्प्रेषण गर्न सूचना संयन्त्र निर्माण गर्ने पनि निर्णय पनि गरेको छ । सप्तरीका सप्तकोसी र कञ्चनरुप नगरपालिकाका प्रभावित हुनसक्ने वडाका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।

    विभिन्न क्षेत्रमा आश्रयस्थल निर्माण

    प्रभावितका लागि बेलका–९ धौरीमा पाँच सय घरपरिवार, ८ का एकता, चिलिया र दुर्गामन्दिर टोलमा पाँच सय घरपरिवार, वडा नं ३ बुधबारे, गणना र शुक्रबारेमा पाँच सय परिवारका लागि आश्रयस्थल बनाइएको छ ।

    यस्तै बानडाँडा, रामनगर, नारायणपुरमा, शिवालयमन्दिर, लालभित्त, भागलपुरमा आठ सय घरधुरीका लागि आश्रयस्थल बनाइएको छ । आवश्यकताअनुसार वडा नं १ को पुरन्दह, वडा नं ८ को डुडखोला सामुदायिक भवन, वडा नं ९ र ३ को खसीबोका सङ्कलन केन्द्र, खानेपानी, क्याम्पस, मचुवाबजार, आदिवासी–जनजाति भवन, सोही वडाकै गलफडिया विद्यालय वडा नं २ को रेडक्रस भवन र जनता माविमा सुरक्षित आश्रयस्थल तयार पारिएको छ ।

    राहत सामग्री एकद्वार प्रणालीबाट सङ्कलन गरी एकद्वार प्रणालीबाटै वितरण गर्ने निर्णय गरेअनुसार राहत सङ्कलन थालिएको बेलका नगरपालिकाले जनाएको छ । राहत वितरण गर्दा उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा निजले तोकेका अधिकृत, दुवै नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने भएको छ ।

    त्यहाँ नेपाल रेडक्रस सोसाइटीले एक सय थान त्रिपाल, एक थान रवरबोट, छ थान हेल्मेट उपलब्ध गराएको छ भने खाद्यान्न खरिदमा रु ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेकाले मानवीय क्षति हुनसक्ने भएकाले जिल्ला तथा स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थलतर्फ जान अनुरोध पनि गरेको छ । उदयपुरको उक्त क्षेत्रमा विसं २०४५ अघि कोसी बग्ने गरेको थियो । त्यस बेलाको भूकम्पपछि भने नदीले धार परिवर्तन गरेर अन्यत्र मोडिएपछि सो क्षेत्रमा बस्ती बसेको हो ।

    कोसी ३४ वर्ष पनि त्यही बस्ती सोझ्याउँदै आफ्नो धार परिवर्तन गरेका कारण स्थायी बसोबास गरेका परिवारका झण्डै २० हजार मानिस प्रभावित भएका जनाइएको छ । बाढी बस्तीमा पसेसँगै त्यहाँ प्रदूषणका कारण रोगव्याधी फैलनसक्ने तथा खाद्यान्नको अभाव हुनसक्ने भएकाले आवश्यक व्यवस्थापन थालिएको प्राधिकरणले जनाएको छ ।

    बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.