• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

सिसडोलकै फोहरले रोक्दैछ बञ्चरेडाँडाको बाटो


  •   सोमबार, साउन २३, २०७९ मा प्रकाशित
  • काठमाडौँ २३ साउन
    असार महिना लागे यता सिसडोलकोे फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ ।

    Advertisement

    नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहरमैला व्यवस्थापन केन्द्र (ल्याण्ड फिल्ड साइट) सम्म फोहर लैजानका लागि यसअघि फोहर विसर्जन गरिँदै आइएको साइट सिसडोलको बाटो भएरै जानुपर्छ । गत जेठ महिनाबाट उपत्यकाको फोहर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ ।

    बञ्चरेडाँडामा केन्द्रमा फोहर विसर्जन गर्न थाल्दा काठमाडौँ उपत्यकावासीमा फोहरको समस्या स्थायी समाधान हुने आशा पलाएको थियो । अघिल्ला वर्षहरुमा सिसडोल भरिएर नियमित रुपमा फोहर नउठेकाले नयाँ केन्द्रमा नियमित उठ्ने धेरैले अपेक्षा गरेका थिए । तर सिसडोलको फोहरमैलाको पहाडले नै नयाँ केन्द्रसम्म फोहर लैजान अवरोध सिर्जना गरिरहेको छ ।

    सडकको खराब अवस्था र पटक पटक विभिन्न माग राख्दै हुने स्थानीयवासीको आन्दोलनका कारण काठमाडौँको फोहर नियमित नउठेको पाइन्छ । अहिले पनि गाडीले धुलो उडायो र फोहरबाट दुर्गन्ध आयो भनी स्थानीयवासीले दैनिक चार/पाँच घण्टा अवरोध गरिरहेको काठमाडौँ महानगरपालिका, वातावरण विभागकी प्रमुख सरिता राईले बताउनुभयो ।

    उपत्यकाबाट फोहर तारकेश्वर नगरपालिका, ककनी नगरपालिका र धुनीबेसी नगरपालिका हुँदै बञ्चरेडाँडा जानुपर्छ । खासगरी त्रिशुली-बालाजु सडकको निर्माण आठ वर्ष पहिले सुरु भएर पनि अझै अलपत्र भएकाले यसको निर्माण चाँडो सक्न भन्दै पटक पटक आन्दोलन भइरहेको छ । दुई प्याकेजमा निर्माण अघि बढाइएकामा दुवै खण्डमा ठेक्का तोडिइसकिएको सडक विभागले जनाएको छ । एउटा ठेक्कामा अदालतबाट अन्तिम निणर्य आइसकेकाले नयाँ ठेक्कामा जान सकिने भए पनि अर्को ठेक्काको मुद्दामा अदालतले अन्तरिम आदेश दिएको थियो । सडक चाँडो बनाउन माग गर्दै पटक पटक आन्दोलन हुँदा फोहरको गाडी रोकिने गरेको छ ।

    तिनपिप्लेबाट सिसडोल हुँदै बञ्चरेडाँडासम्मको सडकको मर्मतको काम शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मेवारी दिइएको थियो । विभागले केही समय पहिले मात्रै ठेक्का लगाएर अहिले काम भइरहेको छ । विभागले जिम्मेवारीमा तीनपिप्लेबाट सिसडोसम्म छ किमी र सिसडोलबाट तीन किमी सडक रहेको छ । सिसडोलको फोहरभन्दा उता सडक राम्रो अवस्थामा रहेको प्रमुख राईले बताउनुभयो । सिसडोडमा दुई सय मिटर सडकमा समस्या रहेको छ । अहिले फोहरमाथि ग्याबिन वाल बनाएर सवारीसाधन जान सकिने गरी सडक बनाउन लागिएको हो । वर्षाको समयमा सडक हिलोले भासिने समस्या रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक साँघुरो छ । फोहरको डङ्गुर माथि लैजानुपर्छ ।”

    नयाँ केन्द्रमा फोहर लैजानका लागि पनि सोही सडक समस्याका रुपमा रहेको छ । हाल प्रयोग भइरहेको सडक बनाइने र वैकल्पिक बाटोको बारेमा पनि कुराकानी भइरहेको प्रमुख राईले बताउनुभयो । पहिले निर्माण गर्दा यो सडक पनि बस्तीभन्दा बाहिर बनाइएको भए पनि बाटो बनेपछि बस्ती आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “फोहर लैजानकै लागि छुट्टै बनाइएको सडक भए पनि सडक छेउछाउ व्यापार व्यवसाय गर्न पनि बस्ती बढ्नु स्वभाविक हो ।”

    कहिले स्थानीयवासीको अवरोधका कारण त कहिले सडक मर्मत भइरहँदा फोहर नियमित जान सकिरहेको छैन । दैनिक चार/पाँच घण्टा रोकिँदा पनि काठमाडौँमा फोहर प्रभावित हुने र समस्या बढ्ने उहाँले बताउनुभयो । उपत्यकाबाट शनिबार २४३ ट्रक, शुक्रबार १७० ट्रक र बिहिबार २४० ट्रक फोहर बञ्चरेडाँडा लगिएको थियो । उहाँले भन्नुभयो, “बञ्चरेडाँडासम्म पुग्न धेरै अवरोध पार गर्दै जानुपर्छ ।”

    स्थानीयवासीको समस्या सम्बोधनका लागि महानगरपालिकाले दैनिक रुपमा ट्याङ्करबाट सडकमा पानी हाल्दै आएको छ । पानी परेको दिनमा पानी हालिरहेको उहाँले बताउनुभयो । सिसडोलमा फोहर विसर्जन गर्दादेखि नै वर्षाको समयमा उपत्यकामा फोहरको समस्या बढ्ने गरेको हो । पहिलो सिसडोलमा लैजाँदा र अहिले बञ्चरेडाँडामा लैजाँदा सडकको समस्या करिबकरिब उस्तै रहेको प्रमुख राईले बताउनुभयो । गत वर्षहरुमा सिसडोलमा केन्द्र भरिएपछि त्यही फोहरबाट गाडी चढेर जानुपर्दा वर्षामा समस्या हुने गरेको थियो । त्यतिबेला क्षमताभन्दा बढी फोहर हुँदा फोहरको पहाड चढेर ट्रकमाथि जानुपर्ने अवस्था थियो । अहिले त्यही फोहरको बीचबाट खुलेको सडकबाटै लानुपर्दा समस्या उस्तै भएको हो ।

    विभागले तीनपिप्ले-सिसडोल सडकमा मर्मत गरेर तत्कालका लागि सवारीसाधन चालु गर्नुपर्ने भएकाले मर्मतको काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दङ्गालले बताउनुभयो । खाल्डाखुल्डी रहको ठाउँमा टाल्ने र ग्याबिन जाली हाल्ने र कतिपय स्थानमा ढलान गरिरहेको उहाँले बताउनुभयो । मर्मत गर्दा कहिलेकाहीँ सवारीसाधन आवागमन नै रोक्नुपर्ने हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडक ढलान गर्दा एक/दुई दिन नै गाडी चलाउन नमिल्ने हुन्छ ।”

    विभागले नै बञ्चरेडाँडामा अत्याधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण गरेको हो । एउटा खण्डमा सम्पन्न भएपछि गत जेठबाठ नै फोहर बिर्सजन थालिएको थियो । अर्को खण्डमा पनि काम अन्तिम चरणमा पुगेको महानिर्देशक दङ्गालले बताउनुभयो । उहाँका अनुसार अहिले वर्षाका कारणले थोरै काम मात्रै गर्न बाँकी छ । उहाँले भन्नुभयो, “घाम लागेपछि केही दिन काम गरेपछि नै सम्पन्न हुन्छ र हामीले हस्तान्तरण गर्न सक्नेछौँ ।”

    उपत्यकामा जताततै थुप्रिएको फोहर तत्काल व्यवस्थापनका लागि बञ्चरेडाँडा जाने सडक बनाउनुपर्ने भएपनि दीर्घकालीन समाधानका लागि स्रोतबाट नै व्यवस्थापन गर्नुपर्ने वातावरण विज्ञ प्रकाश अमात्यले बताउनुभयो । फोहरको गाडी बस्तीबाटै जाँदा बस्तीमा नै समस्या हुने भएकाले त्यसका लागि शहरबाट नै छुट्टै सडक बनाउनुपर्नेमा उहाँको जोड छ । बाटो बनाएर ट्रकमा काठमाडौँको फोहर लैजाँदैमा फोहर व्यवस्थापनको दीर्घकालीन समाधान नहुने अमात्यको भनाइ छ । अहिले हामीले जसरी फोहर फालिरहेका छौँ त्यसरी नै गर्दा बञ्चरेडाँडा केही वर्षमा भरिने र जति ल्याण्डफिल्ड साइट नयाँ बनाउँदै जाँदा पनि भरिरहने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दीर्घकालीन रुपमा यसलाई स्रोतमा नै सम्बोधन गर्नुपर्छ ।”

    अहिले महानगरपालिकाले केही वडा बाहेक अधिकांश वडामा आफ्ना सवारीसाधन पठाएर फोहर सङ्कलन गरिरहेको छैन । केही निजी संस्थाहरुले उपभोक्तासँग रकम लिएर त्यस बापत फोहर सङ्कलन गरिरहेका छन् । ती संस्थामध्ये धेरै कानुनी रुपमा दर्ता नभएका र महानगरपालिकाले निजीले फोहर सङ्कलन गर्नै वडामा आफ्नो जिम्मेवारी न भएको बताउँदै आएको पाइन्छ ।

    निजी सङ्कलन गर्नेले आफैँ फोहर फाल्ने ट्रक, जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गरेर काम गरिरहेका छन् । महानगर वा नगरपालिकाले आफूसँग पर्याप्त उपकरण, सवारीसाधन र जनशक्ति नभएकै कारण ‘म आफैँ गर्छु’ भनेर पनि आँट गर्न नसकेको उहाँले बताउनुभयो । फोहर व्यवस्थापनमा स्थानीय सरकारको हिसाबले जिम्मेवारी स्थानीय तहको भएको र नागरिकले कर तिरिरहेकाले पनि जिम्मेवारी उनीहरुले लिनुपर्ने अमात्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले फोहर सङ्कलन गर्ने निजी क्षेत्र कानुनले चिन्दैन । फोहर उठाउन बाध्याकारी छैन ।”

    पूरा हुँदै ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट’

    तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट झण्डै १७ वर्षपछि मात्रै सम्पन्न हुन लागेको छ । सरकारले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले विसं २०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा साइट बनाउने निणर्य गरेको थियो । बञ्चरेडाँडामा सामान्य अवस्थामा फोहोर बिसर्जन गर्दा २५ वर्ष र वर्गीकरण गरेर विसर्जन गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने विभागले बताउँदै आएको छ ।

    सरकारले झण्डै तीन दशक पहिले नै फोहर व्यवस्थापनका लागि उपयुक्तस्थल भन्दै पहिचान गरेको थियो । केही समय काठमाडौँको फोहर गोकणर्स्थित ल्यान्डफिल साइटमा डम्पिङ गरिँदै आइएको थियो । अत्यधुनिक ल्यान्डफिल साइट बनाउन तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत परिचालन केन्द्रले जाइकासँग समन्वय गरेको थियो । बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न तीन वर्ष लाग्ने भएपछि त्यतिन्जेल उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गर्न थालियो । झण्डै १७ वर्षसम्म उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिएको थियो ।

    फोहर बोक्ने सवारीसाधनका लागि ‘डेडिकेटेड सडक’

    समय समयमा सडकका कारण फोहर उठ्न नसकेको कुरा हुँदा वा स्थानीयबासीले फोहरका कारण दुर्गन्ध फैलिएको कुरा उठाउँदा ‘डेडिकेटेड’ सडक निर्माणको कुरा पनि उठ्ने गरेको छ । फोहरका गाडी मात्रै बोक्नका लागि छुट्टै सडक हुँदा मानव स्वास्थ्यमा असर कम हुनसक्ने गरी यसमा छलफल भइरहेको हो । सडक विभागले सिसडोल-बञ्चरेडाँडा सडक पहिले फोहर विसर्जनकै लागि अहिले प्रयोगमा रहेको सडक ‘डेडिकेडेट’ बनाएको महानगरले जनाएको छ । यो सडक फोहर माथि खण्डबाहेक कालोपत्र भइसकेको छ । सडक बनेसँगै मानव बस्ती बनेकाले अहिले त्यसको वैकल्पिक सडक बनाउने गरी छलफल भइरहेको छ । ओशो तपोबनबाट निकुञ्ज बाटो हुँदै मानव बस्ती नभेटिने गरी सडक बनाउन सकिने बताइएको छ । जहाँ सडक बन्छ त्यहाँ बस्ती बस्न थाल्दा भने बस्ती र फोहर बोक्ने सडक अलग हुन नसक्ने कामपा, वातावरण विभाग प्रमुख राईको भनाइ छ ।

    नियमित उठ्दा उपकरण पर्याप्त छ, नियमित नहुँदा कम हुन्छ ः महानगर

    काठमाडौँ महानगरपालिकाले नियमित रुपमा फोहर उठिरहँदा आफूसँग भएको सवारीसाधन र उपकरण अपर्याप्त नभएको जनाएको छ । लामो समयसम्म थुप्रिएको फोहर ठूलो परिमाणमा एकै पटक उठाउनुपर्दा भने यी सामग्रीको कमी हुने गरेको छ ।

    सोमबार, साउन २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.