काठमाडौँ २३ साउन
आज कोभिड–१९ संक्रमितको संख्या बढेको छ भने संक्रमणबाट एक जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पाँच हजार ३५१ जनाको परीक्षण गर्दा ९३४ जनामा कोरोना देखिएको छ। आइतबार ५३५ जनामा कोरोना पुष्टि भएको थियो।
आज दुई हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा र दुई हजार ४८९ जनाको एन्टिजन परीक्षण गर्दा ४३६ जनामा कोरोना संक्रमण देखिएको हो।त्यस्तै, कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९७२ पुगेको छ।पछिल्लो २४ घण्टामा ४७० जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ६८६ पुगेको छ।




