• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

च्याउमा आत्मनिर्भर बन्यो झापा


  •   मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
  • झापा साउन २४

    Advertisement

    कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । उनले च्याउका झुप्पा बेचेरै वार्षिक रु छ लाख मुनाफा आर्जन गर्दै आएका छन् ।एघार वर्षअघि आफूसँग भएको रु पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको रु २५ हजार लगानी गरेर बनाएको एउटा टहराबाट उनले च्याउखेती सुरु गरेका थिए । एउटा टहरामा चार सय ५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उनमा च्याउखेतीप्रतिको उत्साह बढ्यो । थप डेढ बिघा जमिन लिजमा लिएर १० वटा टहरामा व्यावसायिक खेती गरे । उनले हाल १० टहरामा सात हजार पोका च्याउको व्यावसायिक खेती गरिरहेका छन् ।

    दधिरामजस्तै झापाका दुई दर्जनभन्दा बढी किसान च्याउको व्यावसायिक खेतीमा रमाइरहेका छन् । यसका कारण पछिल्लो समय झापा च्याउमा आत्मनिर्भर भएको छ । जिल्लामा वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ एक दशक अघिसम्म सीमित फार्ममा पाइने च्याउ अहिले गाउँ–गाउँमा व्यावसायिकरूपमा उत्पादन हुँदै आएको छ । दुई सय मेट्रिक टन च्याउ जिल्लामा खपत हुने गरेको र अरु जिल्ला बाहिरका बजारमा बिक्री हुँदै आएको छ । जिल्लामा च्याउखेती गर्ने सयौँ किसानले यसबाट रोजगारीको अवसर पाएका छन् ।

    जिल्लामा कन्ये, गोब्रेलगायतका च्याउखेती हुँदै आएको छ । विगतमा भारतबाट च्याउको विजन ल्याएर खेती गर्दै आएका किसानले हाल विर्तामोडको पाथीभरा च्याउ उद्योगमा उत्पादित च्याउको बीउ प्रयोग गरिरहेका छन् । जिल्लामा करिब २५ वर्षअघि कनकाई नगरपालिकाका गोपाल खत्रीले च्याउखेती सुरुआत गरेका थिए । उनले कसम च्याउ उद्योग सञ्चालनमा ल्याएको देखेपछि अरुले पनि खेतीको सिको गरेका थिए ।

    “थोरै लगानी अनि अलि बढी मेहेनत गर्दा हुँदोरहेछ”, च्याउ किसान दधिराम किसान न्यौपानेले भने, “बजारको पनि समस्या छैन आम्दानी पनि छिट्टै दिन्छ । खुसी र सन्तुष्ट छु च्याउखेतीबाट ।” कन्ये र मिल्की ह्वाइट जातको च्याउखेती गर्दै आउनुभएको न्यौपानेले उत्पादन गरेको कन्ये च्याउ विर्तामोडस्थित कृषि थोक बजारमा प्रतिकेजी रु एक सय ६० र मिल्की ह्वाइट रु तीन सयमा बिक्री हुँदै आएको छ ।

    कृषि ज्ञान केन्द्रले किसानलाई च्याउखेतीका लागि प्रोत्साहन गर्न आर्थिक वर्ष २०७८÷७९ मा रु १७ लाख ६९ हजार चार सय ५० रकम अनुदान उपलब्ध गराएको जनाएको छ । जसमध्ये विर्तामोड नगरपालिकामा रहेको पाथीभरा च्याउ उद्योगले ५० प्रतिशत अनुदानमा रु १३ लाख तीन सय प्राप्त गरेको छ । च्याउको बीउ उत्पादन गर्दै आएको पाथीभराले १२ साना किसानलाई समेत समेटेर च्याउ ब्लक विकास कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

    केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीे एक वर्षमा १८ किसानले च्याउखेतीमा अनुदान पाएको जानकारी दिए । उहाँले युवा लक्षित कार्यक्रमअन्तर्गत ओमशान्ति क्वालिटी च्याउ उद्योग कचनकवललाई रु ८७ हजार, रीता च्याउ उद्योग दमकलाई रु ८४ हजार छ सय ८०, प्रतिक च्याउ उद्योग अर्जुनधारालाई रु ८५ हजार दुई सय, शान्ति च्याउ उद्योग गौरादहलाई रु एक लाख र श्रेष्ठ च्याउ उद्योग दमकलाई रु एक लाख अनुदान उपलब्ध गराइएको जानकारी दिए ।

    उनले भने, “बजारको समस्या नहुने, घरबाटै बिक्री हुने र आम्दानी पनि छिटो दिने भएकाले किसानको आकर्षण पछिल्लो समय बढ्दै गएको छ ।” प्रोटिनयुक्त च्याउ सबै उमेरका उपभोक्ताका लागि रुचिकर हुने गरेको छ । एकपटक खेती गरेको च्याउले तीन पटकसम्म राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा किसानले चयाउखेती रोज्ने गरेका छन् ।

    जिल्लाको विर्तामोडमा उत्पादित च्याउको विजनले प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, इलामसहित पोखरा र काठमाडौँमा समेत बजार पाउने गरेको छ । पाथीभरा च्याउ उद्योगका सञ्चालक राम खत्रीले दैनिक रु २७ हजारको च्याउ बीउ उत्पादन गर्दै आएको बताउनुभयो । उद्योगको ल्याबमा दुई प्राविधिकसँगै अन्य १२ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    च्याउखेतीको महत्व च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइबे्रट, चिल्लो पदार्थ, भिटामिन र पानी प्रशस्त मात्रमा पाइन्छ । च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने नौवटै अमिनो एसिड पाइन्छ । चिकित्सकका अनुसार च्याउले क्यान्सर, मुटुरोगजस्ता रोग लाग्नबाट बचाउँछ भने यसमा माछा, मासुभन्दा बढी पौष्टिकता पाइन्छ ।

    मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.