• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

महिला सङ्घको ७५औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै


  •   मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
  • काठमाडौँ २४ साउन
    नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको ७५औँ स्थापना दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    Advertisement

    दैनिक चुलोचौकामा सीमित महिलालाई नेपाली राजनीतिमा स्थापित गर्नका लागि महिलानेत्री मङ्गलादेवी सिंहको सक्रियतामा विसं २००४ साउन २४ गते नेपाल महिला सङ्घको स्थापना भएको हो । सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएको थियो । सो भेलाले मङ्गलादेवी सिंहका अध्यक्षतामा सङ्घको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । नेपाली कांग्रेस स्थापना भएकै ताका सङ्घको स्थापना भएको हो ।

    महिला अधिकारका लागि स्थापना भएको राजनीतिक सङ्गठन स्थापना भएको साउन २४ लाई नै नेपाली राजनीतिमा महिलाहरूको प्रवेशका लागि कोशेढुङ्गाका रूपमा लिने गरिन्छ । नेपाली कांग्रेसकी नेत्री एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला नेपाली राजनीतिमा महिलाको ठूलो योगदान रहेको बताउनुहुन्छ । “लोकतन्त्र स्थापनामा नेपाली महिलाको महत्वपूर्ण भूमिका रहेको छ”, उहाँ भन्नुहुन्छ । नेत्री कोइराला नेपाली महिलाले नेपाली राजनीतिमा गरेको योगदानको आधारमा आगामी निर्वाचनमा महिलालाई टिकट दिनुपर्ने बताउनुहुन्छ ।

    घरभित्रको काममा सीमित महिला विसं २००४ मा सङ्गठित भएसँगै विसं २००७, २०३६, २०४६ र २०६२÷६३ मा भएको राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

    नेपाल महिला सङ्घकी निवर्तमान अध्यक्ष एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी महिला आन्दोलनका कारण प्रतिनिधि तथा प्रदेशसभामा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित भएको हो भन्नुहुन्छ । “स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने, राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्ने, सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने नियम महिला आन्दोलनका कारण भएको हो”, उहाँ भन्नुहुन्छ ।

    देशको कुल जनसङ्ख्याको आधा जनसङ्ख्या भएको महिलालाई हरेक क्षेत्रमा बराबर अधिकार स्थापित गर्नका लागि आगामी दिनमा महिला सङ्घ लाग्नुपर्ने उहाँको भनाइ छ ।

    सङ्घकी पूर्वअध्यक्ष एवं सांसद डा डिला सङ्ग्रौला पन्त महिलाले निर्वाचनमा जुन हिसाबले टिकट पाउनुपर्ने हो त्यो पाउन नसकेको गुनासो गर्नुहुन्छ । “देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी जनसङ्ख्या रहेको महिलालाई जनसङ्ख्याको अनुपातमा टिकट दिँदा पुरुष पनि समानुपातिकमा जाने मौका पाउन सक्छन्, यो पुरुष र महिला दुवैका लागि राम्रो कुरा हो”, उहाँ भन्नुहुन्छ । राजनीतिक दलले महिलालाई प्रत्यक्षमा निर्वाचन लड्ने मौका दिनुपर्ने उहाँको भनाइ छ ।

    विसं २००३ मा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको आन्दोलनमा दिव्यादेवी कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीलगायतका जेल पर्नुभएको थियो । उहाँहरू महिला अधिकार र श्रमिक अधिकारका लागि आन्दोलन गर्दागर्दै जेल पर्नुभएको हो । विसं २००७ को क्रान्तिपछि पार्टीहरू स्वतन्त्र भएपछि नेपाल महिला सङ्घले पनि खुलारूपमा काम गर्न थालेको थियो ।

    कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम महिला आन्दोलनका कारण पछिल्लो समय महिलाहरू राजनीति र देशका अन्य तहमा पुगेको बताउनुहुन्छ । “महिला आन्दोलनको उपलब्धि जुन हिसाबले अगाडि बढ्नुपर्ने हो, त्यो बढ्न नसक्नु दुःखको कुरा हो, तर संविधानमा ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गरेको छ त्यो महिला आन्दोलनका कारण भएको हो”, उहाँ भन्नुहुन्छ ।

    महिला नेत्री गौतम अहिले प्राप्त महिला अधिकारको रक्षा गर्दै आगामी दिनमा अगाडि बढ्नुपर्ने बताउनुहुन्छ । महिला आन्दोलनकै कारण देशको कार्यकारी पदमा महिला पुगेको उहाँको भनाइ छ ।

    मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.