• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०


  •   सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
  • भक्तपुर साउन ३० 

    Advertisement

    गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुँदा एक परीक्षार्थीले गणितमा शून्य अङ्क पाए । ती परीक्षार्थीले आफूले प्राप्त गरेको नतिजाप्रति चित्त बुझाएनन् र सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गई पुनर्योगका लागि आवेदन दिए ।

    पुनर्योगका लागि पोकाबाट उनको उत्तरपुस्तिका झिक्दा पनिकाका कर्मचारी नै झस्किए । कारण ती परीक्षार्थीले वास्तवमा ८० अङ्क पाएका थिए तर अङ्क चढाउँदा अगाडिको अङ्क नै छुट्याइएको रहेछ । धन्न ती परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएकाले उनको नतिजा ‘ई’बाट ए ग्रेडमा परिवर्तन हुन सक्यो ।

    एसईईमा प्राप्त गरेको नतिजाप्रति चित्त नबुझाएका परीक्षार्थीले आइतबारसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएकोमा सानोठिमीमा दुई हजार ६७१ जनाको आवेदन परेको छ । पुनर्योगका लागि परीक्षार्थीले सम्बन्धित जिल्लामै आवेदन दिन पाउने व्यवस्था भएकाले त्यहाँ करिब एक हजार आवेदन परेको हुन सक्ने अनुमान पनिकाको छ ।

    आवेदन दिएका परीक्षार्थीको उत्तरपुस्तिका पुनर्योग गर्ने कार्य पनि धमाधम थालिएको छ । पनिकाले हालसम्म ६८४ वटा उत्तरपुस्तिकाको अङ्क परिवर्तन भएको जनाएको छ । पुनर्योगपछि सरदर तीनदेखि सात अङ्कसम्म बढेको पाइएको छ । कुनै–कुनै परीक्षार्थीले तीनदेखि चारवटा विषयमा समेत पुनर्योगका लागि आवेदन दिएका छन् ।

    कतिपय परीक्षार्थीको अङ्क बढे पनि ग्रेड वृद्धि भएको छैन भने कतिपयको एक अङ्क बढ्दा ग्रेड वृद्धि भएको अवस्था छ । पनिकाका अनुसार अनिवार्य गणितमा ३०, विज्ञानमा १५ र ऐच्छिक गणितमा ११ जनाको ग्रेड वृद्धि भएको छ ।

    पुनर्योगका लागि आवेदन परेपछि उत्तरपुस्तिका खोतल्दा कतिपयको चकित पार्ने नतिजा देखिएको छ । सुरुमा ७१ अङ्क पाएकाको पुनर्योगपछि ८६, चार अङ्क प्राप्त गरेकोको पछि ४०, ३६ अङ्क प्राप्त गरेकाको पछि ८८, ८६ अङ्क प्राप्त गरेकाको ९३, ४० अङ्क प्राप्त गरेकाको ६६ अङ्क परिवर्तन भएर आएको छ । ‘ई’ ग्रेड प्राप्त गर्नेले पुनर्योगपछि ‘ए,’ ‘बी’ ग्रेड प्राप्त गरेकाले ‘ए प्लस’, ‘सी’ ग्रेड प्राप्त गरेकाले ‘ए प्लस’ आदि ग्रेडमा उक्लिएका छन् ।

    उपपरीक्षा नियन्त्रक भक्तबहादुर गोदारले गणित विषयका परीक्षकले समेत अङ्क जोड्दा गल्ती गरेको बताउँदै भन्नुभयो, “परीक्षकको लापरबाही देखिएको छ । सबैभन्दा बढी अङ्क उतार गर्दा र गणनामा त्रुटि देखिएको छ ।”

    विशेष गरी परीक्षकले हतार–हतार गरी बढीभन्दा बढी उत्तरपुस्तिका परीक्षण गर्दा यस्ता त्रुटि हुने गरेको छ । यसलाई पनिकाले भने प्राविधिक त्रुटि भनेको छ । परीक्षकको लापरबाहीका कारण सयौँ परीक्षार्थीको नतिजा गडबड हुन सक्ने देखिन्छ । यसले गर्दा नतिजाप्रति चित्त बुझाएर पुनर्योगका लागि आवेदन नदिएका परीक्षार्थी अन्यायमा परेका छन् । गोरखापत्र दैनिकबाट

    सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.