काठमाडौँ ७ भदाै
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।मंगलवार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो र १० र ११ गते केन्द्रीय कमिटी बैठक आब्हान गरिसकेको छ ।
आज बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्ने छ ।




