• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

राजनीतिमा जम्दै राज्यमन्त्री श्रेष्ठ : मंसिरमा हुने आमनिर्वाचनमा चितवनबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिँदै


  •   मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
  • सूर्यप्रकाश कँडेल
    भरतपुर ७ भदौ

    Advertisement

    चितवन निवासी उमेश श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुन् । पछिल्लो समय उनले अस्पतालदेखि हाइड्रोपावरसम्ममा लगानी बिस्तार गरेका छन् । वित्तीय क्षेत्र र पर्यटन व्यवसायमा समेत हात हालेका श्रेष्ठको जन्म २०१२ सालमा भोजपुरमा भएको हो । एक दशकयता राजनीतिमा सक्रिय श्रेष्ठ प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारीमा राज्यमन्त्री छन् । यसअघि उनी स्वास्थ्य राज्यमन्त्री थिए ।

    भरतपुर महानगरपालिका ५, यज्ञपुरीमा ३२ वर्षअघि घर बनाएका श्रेष्ठको झम्सीखेल ललितपुरमा पनि बसोबास छ । उनी कांग्रेसमा दोस्रो पटक समानुपातिक कोटाबाट सांसद बनेका हुन् । यसअघि उनी संविधानसभा सदस्य थिए । मंसिर ४ गते हुन गइरहेको आमनिर्वाचनमा श्रेष्ठले प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने चाहना व्यक्त गरेका छन् । मंगलबार भरतपुरस्थित निवासमा नवीन खबर डटकमसँग विशेष कुराकानी गर्दै राज्यमन्त्री श्रेष्ठले आगामी आमनिर्वाचनमा चितवनबाटै निर्वाचन लड्ने खुलासा गरेका हुन् ।

    दोस्रो संविधानसभा सदस्यका रुपमा राजनीतिमा प्रवेश गरेका श्रेष्ठ हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । चितवनको माडीबाट निर्विरोधरुपमा महाधिवेशन प्रतिनिधि बनेका श्रेष्ठ कांग्रेसको महासमिति सदस्य पनि हुन् । आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि चितवनको क्षेत्र नम्बर १ वा २ बाट आफ्नो उम्मेदवारी रहने श्रेष्ठ बताउँछन् । निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धन कायम रहने भएकोले चितवन क्षेत्र नम्बर ३ बाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी रहने श्रेष्ठले संकेत गरे । उनले क्षेत्र नम्बर १ वा २ बाट आफ्नो उम्मेदवारी रहने बताए ।

    “३ नम्बर क्षेत्रबाट प्रचण्डजी नै उठ्ने कुरा छ” राज्यमन्त्री श्रेष्ठ भन्छन्, “मेरो प्राथमिकता भनेको २ नम्बर क्षेत्र हो । २ नम्बर नमिलेमात्रै १ नम्बरबाट उठ्छु । पार्टी सभापति र केन्द्रीय समितिमा कुरा राखिसकेको छु ।” चितवनमा पाँचदलीय गठबन्धनको पोजिसन राम्रो रहेकोले आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ ।

    हाइड्रो र होटलमा लगानी
    नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि श्रेष्ठको लगानी छ । उनले लिटिल एन्जल्स स्कूल खोलेर शैक्षिक व्यवसायीका रुपमा परिचय बनाए । उनी प्राइम कमर्सियल बैंकका पूर्वअध्यक्ष र मुख्य लगानीकर्ता हुन् । पछिल्लो समय जलविद्युत आयोजनामा उनको लगानी छ । उनी पाँचथर पावर कम्पनी प्रालिका अध्यक्ष हुन् । सानीगाड हाइड्रोपावर बझाङ, कालङ्गा हाइड्रो बझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीमा उनको लगानी छ ।

    भरतपुरमा रहेको होटल सिराइचुली, सौराहाको सेन्ट्रल पार्क रिसोर्ट, धुलिखेलको हिमालयन दृश्य रिसोर्ट र तनहुँको घाँसी हेल्थ रिसोर्टमा पनि श्रेष्ठको लगानी छ । पोखरामा उनको नयाँ होटल परियोजना सुरु भएको छ । कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ । हाउजिङ र रियल स्टेटमा समेत उनले हात हालेका छन् ।

    शिक्षा र स्वास्थ्यलाई साथ
    ४२ वर्षअघि भोजपुरबाट काठमाडौं गएका श्रेष्ठको संलग्नता शैक्षिक, स्वास्थ्य, वित्तीय, ऊर्जा र पर्यटन क्षेत्रमा छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहेका उनी ललितपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन (हिसान) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्वअध्यक्ष र हाल सल्लाहकार हुन् ।

    भरतपुर महानगरपालिकाको आँपटारी र कल्याणपुरमा श्रेष्ठले स्मल हेभन स्कुल संचालनमा ल्याएका छन् । २०५७ सालमा आँपटारीमा खुलेको स्कुल पछि कल्याणपुरमा बिस्तार भएको हो । चितवनमा स्मल हेभनको ख्याति अहिले पनि कम छैन ।

    श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि हात हालेका छन् । नेपालमा निजी अस्पतालमा लगानी गर्न सुरु गरेका श्रेष्ठले यस वर्ष नै ५० करोड रुपैयाँभन्दा बढी लगानीमा पाँच वटा निजी अस्पताल बनाउने तयारी गरेका छन् । भरतपुरमा रहेको पुष्पाञ्जली अस्पतालमा उनले लगानी गरेका छन् । उनी महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल काठमाडौंको ट्रस्टीज अध्यक्ष हुन् । श्रेष्ठ काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालको पनि अध्यक्ष हुन् ।

    राज्य बलियो भयो भने शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने श्रेष्ठको धारणा छ । उनी भन्छन्, “शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो । राज्य धनी हुनेबित्तिकै शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ । सरकारी संस्था राम्रो भयो भने निजी संस्था चाहिँदैन ।”

    मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.