• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

खाल्डा–खुल्डी पुर्न मान्छे नै मर्नुपर्ने हो !


  •   बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
  • काठमाडौं ८ भदौ 

    Advertisement

    केही वर्षअघिसम्म सुन्दर देखिएको धोबिखोला करिडोर सडक खाल्डाखुल्डीका कारण जोखिमयुक्त बन्दै गएको छ। सडकमा बनेका स–साना खाल्डा समयमै नपुर्दा जोखिम बढेको हो।

    ‘हजारौं सवारी गुड्ने सडकमाझका खाल्डा पुर्नलाई मान्छे नै मर्नुपर्ने हो र?’ ट्याक्सीचालक अर्जुन ठकुरी प्रश्न गर्छन्, ‘होइन भने जोकोहीले पनि सहजै देखिने यस्ता खाल्डा पुर्न सम्बन्धित निकाय किन पछि पर्छ? ’

    चाबहिलनजिक भत्केको पुलतिरबाट ओम अस्पतालतर्फ जाँदै गर्दा तरकारी बजारअगाडिको खाल्डो निकै जोखिमयुक्त रहेको उनले सुनाए। रातको समयमा उनी आफैं सो खाल्डामा खसेको तर ठुलो दुर्घटनाबाट जोगिएको उनले बताए। ‘आफ्नै सुरमा गाडी हाँक्दै गर्दा अचानक खाल्डो भेटिन्छ,’ उनी भन्छन्, ‘झट्ट मोड्न खोज्दा दुर्घटनाको जोखिम रहन्छ।’

    यहाँ मात्र होइन, अनामनगरछेउबाट चाबहिलतर्फ जाँदै गर्दा धोबिखोला करिडोरमा थुप्रै खाल्डाखुल्डी भेटिन्छन्। ‘सडकबिचमा रहेका खाल्डाका कारण थुप्रै दुर्घटना भइसकेको छ,’ पसलअगाडिको खाल्डो देखाउँदै सम्झना तामाङले भनिन्, ‘महिनौं भइसकेको छ तर पुर्न कसैले चासो देखाएका छैनन्।’

    सडकमा कतै पानीका कारण त कतै ‘हेभिलोड’ का सवारीका कारण सडक भत्केको देखिन्छ। ‘सडक कमजोर भएर हो कि, गाडी धेरै भएर हो थाहा भएन,’ रातोपुलछेउका महेश गजुरेल भन्छन्, ‘पिच सकिन पाएको छैन सडक भत्किन सुरु हुन्छ।’ भत्केका सडक टाल्दाटाल्दै सडक नै ‘टाटेपाटे’ भइसकेको उनले सुनाए। ‘अझै धेरै ठाउँमा भत्किँदै छ,’ उनले भने, ‘समयमै भरिए जोखिम कम हुने थियो।’

    करिडोरको निर्माणले सहरको सुन्दरता बढाउनुका साथै सर्वसाधारणलाई यो बाटो सहज बनेको थियो। करिडोरका सडकमा खाल्डाखुल्डी परेको यो पहिलो पटक भने होइन। हरेक वर्ष खाल्डाखुल्डी पर्ने र त्यसलाई टाल्ने काम हुँदै आएको छ। दुई वर्षअगाडि करिडोरको निरीक्षण गर्न गएका तत्कालीन सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सडकमा रहेका खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका थिए। उनले निर्देशन दिएलगत्तै खाल्डाखुल्डी पुरिए।

    उपत्यकाको लाइफलाइनको रूपमा रहेको धोबीखोलाको इज्जत र सौन्दर्य खस्कन नदिन सरकारले जस्तोसुकै कदम अघि बढाउन सक्ने श्रेष्ठले त्यति बेला बताएका थिए। त्यसको केही समयपछि सहरी मन्त्री फेरिए। उनले पनि सडक अनुगमन गरे। त्यसपछि फेरि खाल्डाखुल्डी पुरिएको स्थानीय सुवर्ण थापा बताउँछन्। यति बेला भने कोही मन्त्री निरीक्षणमा नआएको उनले सुनाए।

    ‘जनताले गुनासो गरेर मात्र खाल्डाखुल्डी पुरिँदो रहेनछ ,’ गोपिकृष्ण हलनजिकका थापाले भने, ‘खाल्डाखुल्डी पुर्न पनि ठूलै मान्छेको निर्देशन चाहिँदो रहेछ।’ यसबाहेक करिडोरभित्र पर्ने पुलमुनि फोहोर थुपारिएको, फुटपाथमा व्यवसाय सञ्चालन गरिएका कारण पनि सडक विरूप बन्दै गएको छ। बुढानीलकण्ठदेखि शंखमूलसम्म फैलिएको करिडोर निर्माण थालेको २० वर्ष बितिसक्दा पनि यसको काम पूर्ण रूपमा सकिएको छैन। नागरिक दैनिकबाट

    बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.