काठमाडौँ ८ भदौ
आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको भागबण्डा मिलाउन गठित कार्यदल ‘सहमति नजिक’ पुगेको छ।
आज बस्ने कार्यदलको बैठकबाट सिट बाँडफाँटको टुंगो लाग्ने कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।




