काठमाडौं ८ भदौ
काठमाडौंमा नक्सा पास नगरी बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ ।काठमाडौं महानगरपालिकाले काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिको संरचनामा डोजर लगाएको छ ।
महानगरपालिकाका अनुसार ती अस्थायी संरचनाको नक्सापास छैन ।मेयर बालेन शाहको उपस्थितिमा अवैध संरचनामा डोजर लगाइएको हो ।
३५ दिने सूचनाको अटेर गरेपछि महानगरले आरबी कम्प्लेक्स परिसरमा अवैध संरचना खडा गरेर बनाइएका पसल तोडेको छ।




