चितवन । भरतपुरको एक रेष्टुरेण्टबाट खैरो हिरोइन सहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १२ का ३५ वर्षीय रत्न बहादुर प्रजापति रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० मा रहेको दिवान रेष्टुरेन्टबाट करिब ६४० मिलिग्राम खैरो हेरोइनसहित उनलाई पक्राउ गरिएको हो ।
प्रजापति माथि लागु औषध मुद्दा दर्ता गरी हिरासतमा राख्न चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।




