• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

यसरी गरौं कपालको स्याहार


  •   शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
  • काठमाडौँ १० भदौ

    Advertisement

    कपाललाई व्यक्तिको सुन्दरतासँग पनि जोडेर हेर्ने गरिन्छ । राम्रो र स्वस्थ कपाल सबैको चाहनाको कुरा हो । हामी टेलिभिजनमा विभिन्न विज्ञापन हेर्छौ जसमा बलियो, राम्रो र बाक्लो कपाल देखाएर कपालमा लगाउने विभिन्न उत्पादनको विज्ञापन गरिएको हुन्छ । त्यस्तो देख्दा त्यस्तै कपालको रहर लाग्नु स्वभाविक हो । केही कुरामा ध्यान दिन सके कपाललाई राम्रो र स्वस्थ बनाउन सकिन्छ ।

    कपाल नियमित नुहाउने
    कपाल नियमित रूपमा नुहाउनाले कपाल फोहोर र धेरै चिल्लो हुन पाउँदैन । कपाल हप्तामा कतिपटक नुहाउने भन्ने कुरा कपालको प्रकारले पनि निर्धारण गर्छ । यदि कपाल धेरै नै सुक्खा छ भने हप्तामा २ पटक भन्दा नुहाउनु हुँदैन । धेरै नै चिल्लो हुने कपाल भने एक दिन बिराएर नुहाउनु राम्रो हुन्छ ।

    रसायन नभएको स्याम्पुको प्रयोग
    वातावरणमा रहेका कपाललाई नोक्सानी गर्ने सबै तत्त्वलाई नियन्त्रण गर्न सक्दै सकिँदैन । तर केही कुरामा भने नियन्त्रण गर्न सकिन्छ जस्तो की हामीले प्रयोग गर्ने स्याम्पु । कपाल नुहाउँदा रसायनको मात्रा एकदम कम अथवा रसायन नै नभएको स्याम्पु प्रयोग गर्नुपर्छ । यस्तो स्याम्पु कपालको लागि स्वस्थ मानिन्छ । आफ्नो कपालको प्रकार अनुसार सुहाउने स्याम्पु प्रयोग गर्नुपर्छ । सल्फेट र पराबेन स्याम्पुमा कपालको संरक्षण र नरम कपालको लागि भनेर प्रयोग गरिएको हुन्छ तर दीर्घकालमा यी तत्त्वले छाला हानी गर्ने र हर्मोनजन्य परिवर्तनको सम्भावना उच्च हुने बनाउँछ ।

    कपाललाई प्राकृतिक तरिकाले सुकाउने
    कपाल सुकाउने मेसिनले कपाललाई सुन्दर त देखाउँछ तर तापद्वारा कपाललाई स्टाइल दिँदा त्यसले कपालका जराहरूलाई क्षति पुर्‍याउँछ । यदि कपाललाई स्टाइल दिनैपर्ने महत्त्वपूर्ण कार्यक्रम छ भने मात्र कृत्रिम तरिकाले वा मेसिनले कपाल सुकाउने र स्टाइल दिने काम गर्नुपर्छ । कपाललाई नुहाइसकेपछि हावामा अथवा नरम तौलियाले पुछेर सुक्खा बनाउनुपर्छ । चिसो कपाल काइँयोले कहिल्यै कोर्नु हुँदैन । कपाललाई तौलियाले बेस्सरी रगेट्नु पनि हुँदैन । त्यसो गरेमा कपालमा क्षति पुग्छ ।

    कपालमा राम्रोसँग तेल लगाउने
    कपाल नुहाउनुभन्दा पहिले कपालमा राम्रोसँग तेल लगाएर मसाज गर्नुपर्छ । यसले कपालको जरामा रक्तसञ्चार गराउन मद्दत गराउनुको साथै मांसपेशीमा आराम महसुस गराउने, कपालमा चमक ल्याउने र कपाललाई आवश्यक पोषण दिने काम गर्छ । कपाल मसाज गर्न नरिवलको तेल, बदामको तेल, ओलिभ तेल, क्यास्टर तेल, तोरीको तेल प्रयोग गर्न सकिन्छ । कपालमा खनिज तेल भने प्रयोग गर्नु हुँदैन । मनतातो तेललाई कपालमा बिस्तारै लगाएर तौलियाले केही समय टाउको ढाकेर छोडिदिनुपर्छ । स्याम्पु लगाउनु पहिले सुतीको नरम कपडाले कपालको तेल सोस्नुपर्छ । यसले कपालबिच घर्षण भई कपाल टुक्रिने समस्याबाट बचाउँछ ।

    नियमित रूपमा कपाल छाँट्ने
    कपालमा हाँगा फाट्ने समस्या समाधान गर्न प्रत्येक ६ देखि ८ हप्तामा कपाल छाँट्नुपर्छ । तनाव, प्रदूषण, धुवाँ, तापले स्टाइल दिनु जस्ता कारणले कपालमा हाँगा फाट्ने र कपाल क्षति हुन्छ । कपाल छाँट्नाले जादु भएजसरी कपाल त बढ्दैन तर कपाल स्वस्थ भने पक्कै पनि हुन्छ ।

    प्रशस्त पानी पिउने
    आन्तरिक हाइड्रेसन र बाहिरी हाइड्रेसनको सन्तुलनले मात्र कपाललाई स्वस्थ बनाउन सक्छ । यसका लागि हाइड्रेटिङ हेयर केयर उत्पादन प्रयोग गर्न सकिन्छ । तर दैनिक कम्तीमा पनि ३ लिटर पानी पिउनाले कपाल प्राकृतिक रूपमा नै राम्रो र स्वस्थ हुन्छ ।

    स्वस्थ खाना खाने
    कपालको हेरचाहको लागि दोहोर्‍याउँदै गर्दा हामीले के खाने गर्छौ भन्ने छुटाउनु हुँदैन । हाम्रो कपाल प्रोटिन र एमिनो एसिडले बनेको हुन्छ । कपाल वृद्धि हुन र व्यवस्थापन हुन प्रशस्त पोषणको आवश्यकता पर्दछ । अण्डा, बेरी, बदाम, माछा, हरियो सागपात, सखरखण्ड स्वस्थ कपालको लागि खानै पर्ने खाना हो ।

    टोपी प्रयोग गर्ने
    जसरी सूर्यबाट आउने हानिकारक किरणले छालालाई क्षति पुर्‍याउँछ त्यसरी नै यसले कपाललाई पनि क्षति पुर्‍याउँछ । सूर्यको किरणले कपालको प्राकृतिक चिल्लोलाई सोसेर कपाल सुक्खा बनाइदिन्छ । यसले कपाल बिग्रिन्छ । त्यसबाट बच्नको लागि घाममा निस्कँदा ह्याट, क्याप प्रयोग गर्नुपर्छ ।

    शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.