काठमाडौँ १० भदौ
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा आफ्नो पार्टीको तर्फबाट सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेको अवस्थामा माओवादी केन्द्रले दुई मन्त्रीलाई फिर्ता बोलाएको हो ।
माओवादी स्रोतका अनुसार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र ऊर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको छ ।
पार्टी केन्द्रको निर्देशन अनुसार मन्त्रीद्वय सिंह र विष्टलाई फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । उनका अनुसार माओवादीले रुकुम पश्चिमबाट निर्वाचित सांसद रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई सरकारमा पठाइनेछ ।
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन् । तीमध्ये अब कामी र शाहमात्रै मन्त्री बन्न बाँकी छन् ।




